ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछामको चुनावी नतिजा : कुन दल कहाँ विजयी भए ?


admin

भीमदत्तनगर, १९ असार । यहाँका सबै १० स्थानीय तहको नतिजा आएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार साँफेबगर नगरपालिकाका प्रमुखमा नेकपा एमालेका कुलबहादुर कुँवर पाँच हजार ८३८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँंग्रेसका ध्वजबहादुर कँुवरले पाँच हजार ४१२ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा एमालेकै वीरमला बुड्थापा पाँच ९८४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रुपा आउजीले पाँच हजार २६५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी कमलबजार नगरपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । काँग्रेसका प्रमुखका उम्मेदवार ओमप्रकाश विष्टले तीन हजार ५८७ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दीपक अधिकारीले तीन हजार २७७ मत ल्याउनुुभएको छ । उपप्रमुखमा काँग्रेसकै भूमिसरा बजगाईँ ढकालले तीन हजार ६७२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मना अधिकारीले तीन हजार २३७ मत ल्याउनुभएको छ ।

त्यस्तै ढकारी गाउँपालिकामा काँग्रेसका धनबहादुर बुढा तीन हजार ४५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज साउदले दुई हजार ९३० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसकै लक्ष्मी साउद तीन हजार ३८१ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी हेमा शाहीले दुई हजार ९३० मत ल्याउनुभएको छ ।

त्यस्तै बान्नीगढी जयगढ गाउँपालिमा काँग्रेसका राजेन्द्र खड्का दुई हजार ७९३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कमल तिमिल्सेनाले दुई हजार ३१९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकपा९माओवादी केन्द्र०का लोकबहादुर साउद दुई हजार ४३६ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला रावलले दुई हजार ३८१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लोगबहादुर बोहरा चार हजार ५०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्मर नेपालीले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका धनबहादुर शाह चार हजार ४०८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका समिता महरले चार हजार २ मत ल्याउनुभयो ।

यसैगरी पञ्चदेवल विनायक नगरपालिकामा काँग्रेसका देवराज देवकोटा तीन हजार ५५५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दबहादुर कडायतले तीन हजार ७५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसका अम्बिका चलाउने तीन हजार ७६० मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी बोगटीले तीन हजार २१२ मत प्राप्त गर्नुभयो ।

चौरपाटी गाउँपालिकामा एमालेका हर्कबहादुर साउद तीन हजार १३८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भीमबहादुर साउदले तीन हजार १३७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका माया कुँवर तीन हजार १७३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला बोगटीले तीन हजार १०१ मत प्राप्त गर्नुभयो ।

तुर्माखाँद गाउँपालिकामा काँग्रेसका पुष्पराज शर्मा तीन हजार ६९१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदबहादुर बुढाले तीन हजार ३७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकै अमृता बुढा तीन हजार ३९२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी गौमती शाहीले तीन हजार ३२८ मत प्राप्त गर्नुभयो ।

 

रामारोशन गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०ले जित हात पारेको छ । अध्यक्षमा माओवादी केन्द्रका झङ्कर साउद तीन हजार ४०२ र उपाध्यक्ष सरस्वती रावल तीन हजार २९० मत प्राप्त गरी विजयी हुनुभयो ।
उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः एमालेका चक्र रावलले दुई हजार ७३४ र बिन्द्रा साउदले दुई हजार ७६१ मत प्राप्त गर्नुभयो ।

अछामको सदरमुकाम समेत रहेको मङ्गलसेन नगरपालिका प्रमुखमा एमालेका पदमबहादुर बोहोरा चार हजार ६९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांँग्रेस र माओवादी गठबन्धनका चन्द्रप्रसाद ढुङ्गानाले चार हजार ५५३ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा पनि एमालेकै सरिता उपाध्याय चार हजार ९११ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी रोहिना भण्डारीले तीन हजार ७६ मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com