ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछामको चुनावी नतिजा : कुन दल कहाँ विजयी भए ?


admin
असार १९, २०७४ सोमबार   ७ : १७   बजे

भीमदत्तनगर, १९ असार । यहाँका सबै १० स्थानीय तहको नतिजा आएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार साँफेबगर नगरपालिकाका प्रमुखमा नेकपा एमालेका कुलबहादुर कुँवर पाँच हजार ८३८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँंग्रेसका ध्वजबहादुर कँुवरले पाँच हजार ४१२ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा एमालेकै वीरमला बुड्थापा पाँच ९८४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रुपा आउजीले पाँच हजार २६५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी कमलबजार नगरपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । काँग्रेसका प्रमुखका उम्मेदवार ओमप्रकाश विष्टले तीन हजार ५८७ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दीपक अधिकारीले तीन हजार २७७ मत ल्याउनुुभएको छ । उपप्रमुखमा काँग्रेसकै भूमिसरा बजगाईँ ढकालले तीन हजार ६७२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मना अधिकारीले तीन हजार २३७ मत ल्याउनुभएको छ ।

त्यस्तै ढकारी गाउँपालिकामा काँग्रेसका धनबहादुर बुढा तीन हजार ४५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज साउदले दुई हजार ९३० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसकै लक्ष्मी साउद तीन हजार ३८१ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी हेमा शाहीले दुई हजार ९३० मत ल्याउनुभएको छ ।

त्यस्तै बान्नीगढी जयगढ गाउँपालिमा काँग्रेसका राजेन्द्र खड्का दुई हजार ७९३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कमल तिमिल्सेनाले दुई हजार ३१९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकपा९माओवादी केन्द्र०का लोकबहादुर साउद दुई हजार ४३६ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला रावलले दुई हजार ३८१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लोगबहादुर बोहरा चार हजार ५०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्मर नेपालीले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका धनबहादुर शाह चार हजार ४०८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका समिता महरले चार हजार २ मत ल्याउनुभयो ।

यसैगरी पञ्चदेवल विनायक नगरपालिकामा काँग्रेसका देवराज देवकोटा तीन हजार ५५५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दबहादुर कडायतले तीन हजार ७५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसका अम्बिका चलाउने तीन हजार ७६० मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी बोगटीले तीन हजार २१२ मत प्राप्त गर्नुभयो ।

चौरपाटी गाउँपालिकामा एमालेका हर्कबहादुर साउद तीन हजार १३८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भीमबहादुर साउदले तीन हजार १३७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका माया कुँवर तीन हजार १७३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला बोगटीले तीन हजार १०१ मत प्राप्त गर्नुभयो ।

तुर्माखाँद गाउँपालिकामा काँग्रेसका पुष्पराज शर्मा तीन हजार ६९१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदबहादुर बुढाले तीन हजार ३७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकै अमृता बुढा तीन हजार ३९२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी गौमती शाहीले तीन हजार ३२८ मत प्राप्त गर्नुभयो ।

 

रामारोशन गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०ले जित हात पारेको छ । अध्यक्षमा माओवादी केन्द्रका झङ्कर साउद तीन हजार ४०२ र उपाध्यक्ष सरस्वती रावल तीन हजार २९० मत प्राप्त गरी विजयी हुनुभयो ।
उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः एमालेका चक्र रावलले दुई हजार ७३४ र बिन्द्रा साउदले दुई हजार ७६१ मत प्राप्त गर्नुभयो ।

अछामको सदरमुकाम समेत रहेको मङ्गलसेन नगरपालिका प्रमुखमा एमालेका पदमबहादुर बोहोरा चार हजार ६९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांँग्रेस र माओवादी गठबन्धनका चन्द्रप्रसाद ढुङ्गानाले चार हजार ५५३ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा पनि एमालेकै सरिता उपाध्याय चार हजार ९११ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी रोहिना भण्डारीले तीन हजार ७६ मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group