ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनको समस्याका कारण नेपालले वर्षेनी झन्डै ९० अर्बको नोक्सानी (भिडियोसहित)


एबीसी न्यूज
भाद्र १९, २०७६ बिहीबार  ६ : २९ बजे

काठमाडौं, १९ भदौ । जलवायु परिवर्तनले कृषि, जलस्रोत, वन वातावरण ,जैविक विविधता, क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ । जलवायु परिवर्तनबाट परेको प्रभाव न्यूनीकरण गर्न तथा अनुकुलका कार्यक्रम संचालन पनि हुदै आएका छन् ।

तर जलवायु परिवर्तनको समस्या अन्तराष्ट्रिय समस्या भएकोले यसले विश्वको आर्थिक सामाजिक सांस्कृतिक र वातावरणीय पक्षमा सिधा प्रभाव पारेको छ । विश्वमा जलवायु परिवर्तन दिनप्रतिदिन बढिरहेको छ । यसले मानव जीवन र पर्यावरणलाई नै निकै असर पुराइरहेको छ । प्राणी जगत यसको सिधा मारमा परेको छ । हरितगृह ग्यांस उत्सर्जनका कारण पृथ्वी तात्दै गइरेको छ ।

पृथ्वीको ताप बढ्दै जादा प्राकृतिक प्रकोप, हिमाल पग्लिदै जानु, हिमताल फूट्नु अनावृष्टि अतिवृष्टीका समस्याले विश्व जगत आक्रान्त छ । जलवायु परिवर्तनका कारण जलचर तथा थलचर प्राणीहरुको अस्तित्व लोप हुँदै गएका छन् । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको समस्याका कारण नेपालले वर्षेनी झन्डै ९० अर्बको नोक्सानी बेहोर्नुपरेको अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् ६० देखि ९० अर्ब रुपैयाँ नोक्सान हुने गरेको तथ्य सार्वजनिक गरेको हो ।

जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, ऊर्जा, जल, सिँचाइ, बसोबास तथा पूर्वाधारलगायतका क्षेत्रमा प्रतिकूल प्रभाव पर्न थालेको अध्ययनले देखाएको छ । नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखाएको प्रतिवेदनमा उल्लेख छ ।

विकसित मुलुकहरूले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका हानिकारक ग्याँस (ग्रिन हाउस ग्याँस)का कारण तापक्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको हो ।

नेपालले प्रतिवर्ष ०.१ प्रतिशत मात्र ग्रिन हाउस ग्याँस उत्सर्जन गर्ने गरेको छ । जल तथा मौसम विज्ञान विभागले मुलुकभरका मौसम मापन केन्द्रको झन्डै ४० वर्षको तथ्यांक विश्लेषण गर्दै तापक्रम वृद्धिदर पहिलेभन्दा बढेको तथ्य सार्वजनिक गरेको छ ।

पछिल्लो तथ्य विश्वको औसत बढ्दो तापक्रमभन्दा बढी भएको विशेषज्ञको विश्लेषण छ । यही गतिमा तापक्रम बढ्ने हो भने सय वर्षमा करिब ५ डिग्रीसम्म तापक्रम पुग्न सक्छ । यसरी वृद्धिदर झनै बढ्ने हो भने मानव जिवनमा यसको गम्भिर असर पर्छ । विकसित देशहरुले औद्योगिकीकरण मार्फत धेरै कार्बन उत्र्सजन गर्छन् । औद्योगिक मुलुकहरले गरेको उत्सर्जनबाट नेपालले नोक्सान धेरै बेहोर्न परेको छ । सरकराले जलवायु परिवर्तनको असर नेपालले धेरै बेहोर्नुपरेको भन्दै यस विषयमा अन्र्तराष्ट्रिय फोरमहरुमा विश्व समुदायलाई झकझाउने बताउदै आएको छ ।

सन् २०१५ को पेरिस सम्झौतामा विश्वका १ सय ९७ देशले जलवायु परिवर्तनको असरलाई ध्यान दिँदै पृथ्वीको तापक्रम २ डिग्री सेन्टिग्रेटभन्दा तल १.५ राख्ने प्रयास गर्न सहमत भएका थिए ।

तर, संयुक्त राष्ट्रको गत वर्षको प्रतिवेदनले हावापानी परिवर्तन गर्ने हरितगृह ग्याँस उत्सर्जनमा उल्लेख्य रूपमा कमी नल्याई त्यसो हुन नसक्ने बताएको थियो । पेरिस सम्झौताको लक्ष्यलाई बेवास्ता गरिए औद्योगिकदेखि कृषि उत्पादनमा पनि नराम्रो असर पार्ने देखिएको छ । नेपालले कार्बन उत्सर्जन अत्यन्तै न्यून छ । तर यसको क्षति धेरै बेहोर्न परिरहेको छ ।

यसर्थ जलवायु परिवर्तनको सवालमा नेपालले अन्तराष्ट्रिय फोरममा गम्भीररुपले उठाउदै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न पहल लिन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com