काठमाडौं, ११ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सवारी साधनको सुगमताका लागि सरकारले सडक पूर्वाधार र सडक सुधारमा जोड दिईरहेको बताएका छन् । सरकारले विद्युतीय सार्वजनिक साधनको एसेम्ब्ली उद्योगलाई विशेष प्राथमिकतामा राखेको बताउदै उनले मूल्यवृद्धि र अभिवृद्धिको आधारमा यस्ता उद्योगलाई संरक्षण दिन सरकार तयार रहेको पनि जानकारी दिएका छन् ।
सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेसगै नेपाल विद्युत प्राधिकरणले पनि आगामी १५ वर्षमा पेट्रोलियम सवारी साधन हटाउन सकिने दाबी गर्दै आएको छ । विद्युतीय सवारीका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउन प्राधिकरण लागिरहेको पनि छ ।
नाडा अटो शोको उदघाटन समारोहमा अर्थमन्त्री युवराज खतिवडाले पनि सरकारले विद्युतीय सार्वजनिक साधनलाई प्राथमिकतामा राखेको बताएका छन् । अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधनको एसम्बलिङ उद्योगलाई प्राथमिकताका राखेको बताउदै मूल्यवृद्धि र अभिवृद्धिको अनुपातमा यस्ता वस्तुको संरक्षण दिन सरकार तयार रहेको जानकारी दिए । उनले विद्युतीय आयातित वस्तुहरुमा संरक्षण दिने नीति अटोरिक्सा, भ्यानकार, मोटरसाईकल र जिप आदीमा पनि लागू हुने बताए ।
अर्थमन्त्री युवराज खतिवडाले जसरी वयवसायीहरुले घाटाको व्यवसाय गर्दैन, त्यसरी नै सरकारले पनि घाटाको व्यवसाय नगर्ने भन्दै एसेम्बली लाईनबाट २० प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुने वस्तु र उद्योगलाई अन्तशुल्क, भन्सार शुल्क लगायतमा छुट दिन सकिने बताए ।
सरकारले विद्युतीय र हाईब्रिड सवारीलाई प्राथमितामा राखेर भनसार शुल्क र अन्तशुल्कमा २५ – २५ प्रतिशत छुट गरेको काम सराहनिय भएको नाडा अटोका अध्यक्ष शम्भु प्रसाद दाहालले बताए । तर, विद्युतीय सवारीहरुको पनि वर्गिकरण हुनुपर्ने उनको भर्नाई छ ।
स्पेयर्स पार्टमा अन्तशुल्क घटाउन नाडा अटोले माग गर्दै आएकोमा सरकारले झन् अन्यमा पनि अन्तशुल्क लगाएकोप्रति अधयक्ष दाहालले असन्तुष्ट व्यक्त गरेका छन् । साथै उनले सक्कली र गुणस्तरीय स्पेयर्स पार्टस्हरु सर्वसुलभ रुपमा उपलब्ध हुने व्यवस्था सरकारले गर्नुपर्ने माग गरे ।
कारको व्यवसायले देशको ६ प्रतिशत राजस्व संकलन गर्ने गरेको छ । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भियतनामको उदाहरण दिदै भियतनाममा दुई वटा ब्राण्डको मात्रै मोटरसाईकल चल्ने गरेको तर, नेपालमा ५०० वटा भन्दा बढी ब्राण्डको सवारी साधनहरु आयात भईरहेकोप्रति विचार गर्नुपर्ने बताए । उनले आफू आयात विरोधी त नभएको तर, नेपालमा हुने आयातलाई कम गर्दै निर्याततर्फ पनि पहल हुनुपर्ने बताए । यसका लागि सरकारले पनि आवश्यक वाातवरण निर्माण गर्नुपर्ने उनको भनाई छ ।
नाडा अटो शोको उद्घाटन सममेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले व्यवसायको वातावरण पनि निराशजनक नरहेको दाबी गरे । अर्थमन्त्री खतिवडाले व्यवसायको वातावरण बिग्रएको भए, गतवर्षमा सबैभन्दा बढी कम्पनी दर्ता कसरी भयो ? आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथी कसरी भयो ? निजी क्षेत्रको २१ – २२ प्रतिशत बैंकको कर्जा कहा“ प्रवाह भयो भन्दै प्रश्न गरे । आयातको वृद्धिदर १४ प्रतिशतभन्दा कम हुदाहुदै पनि निर्यातको वृद्धिदर १९ प्रतिशतभन्दा बढी रहेको दाबी गरेका छन् ।
काठमाण्डौको भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने नाडा अटो शोमा २३ वटा चारपांग्रे कम्पनीका स्टल, १९ वटा ब्रान्डका दुईपांग्रे गाडीका स्टल छन् । शोमा गाडी, पाटपूर्जा, ब्याट्री गरी ९५ कम्पनीका १६० स्टल छन् । शोको ७५ हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजक नाडाले गरेको छ ।








प्रतिक्रिया दिनुहोस्