ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीमा दुई गठबन्धनको प्रतिस्पर्धा


admin

बाबियाचौर, म्याग्दी, १३ कात्तिक ।  आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरू तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिनिधि सभाको एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र राप्रपाले तालमेल गरेपछि कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधि सभाका लागि एमाले माओवादीका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापा र काँग्रेस राप्रपाको प्रजातान्त्रिक गठबन्धनको तर्फबाट काँग्रेसका खम्बिर गर्बुजा चुनावी मैदानमा उत्रिनुभएको छ ।

प्रदेश सभाको क्षेत्र नं १ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता विनोद केसी र प्रजातान्त्रिक गठबन्धनका राप्रपाका केन्द्रीय सदस्य भीमप्रसाद गौचन उम्मेदवार बन्नुभएको छ । गौचन पञ्चायतकालमा चारपटक राज्यमन्त्री र एकपटक जिविस सभापति बन्नुभएको थियो ।

प्रदेश सभाको क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी चुनावी मैदानमा उत्रिनुभएको छ । एमालेकी पुन पूर्व राज्यमन्त्री हुनुहुन्छ । तीन सिटका लागि १२ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ । प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका एमालेका वैकल्पिक केन्द्रीय सदस्य थापा जिविसको पूर्व उपसभापति हुनुहुन्छ ।

नेपाली काँग्रेस म्याग्दीका सभापतिसमेत रहनुभएका उम्मेदवार गर्बुजा विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग तीन हजार ४४६ मत अन्तरले पराजित हुनुभएको थियो । बेनी नगरपालिका–१ रत्नेचौरका थापा राष्ट्रिय राजनीतिमा पुग्न सफल जिल्लाका सीमित नेता मध्येमा पर्नुहुन्छ भने रघुगंगा गाउँपालिका–४ दग्नामका गर्बुजा बेलायती सैनिकबाट अवकाश पाएपछि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उम्मेदवारले पाएका मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन प्रजातान्त्रिकभन्दा सात हजार मतले अगाडि छ । एमाले माओवादी आफ्नो जनमत सुरक्षित गराउन र काँग्रेस र राप्रपाका मतदातालाई आकर्षित गर्ने कसरतमा जुटेका छन् ।

स्थानीय तह निर्वाचनमा ७१ हजार ४६३ जना मतदाता रहेकामा आसन्न निर्वाचनका लागि चार हजार ७५ मतदाता थपिएर जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए ।

बेनी नगरपालिकाको प्रमुख, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र मालिका गाउँपालिकाको अध्यक्ष जितेको काँग्रेसले विगतको तुलनामा संगठन बलियो भएको र जनमत बढेकाले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने उम्मेदवार गर्बुजाले बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा काँग्रेससँग तालमेल गरेको माओवादीसँग यसपालि आफ्नो तालमेल र बलियो संगठन भएकाले चुनाव प्रचारलाई व्यवस्थित गरे वाम गठबन्धनको बिरासत जोगिने एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com