ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपामा अनुशासनको डण्डा, कडा अनुशासनले पार्टीलाई व्यवस्थित बनाउने नेताहरुको टिप्पणी ( भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ११ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले पार्टीका नेता तथा कार्यकताले पार्टीको विधि, पद्धती र नेताहरु प्रतिको असन्तुष्टि सार्वजनिक रुपमा अभिव्यक्ति गर्न रोक लगाएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलो पटक सचिवालय बैठकले विरोध, आलोचना पार्टी कमिटी भित्रै दर्ज गर्नुपर्ने निर्णय गरेको छ । नेकपाका नेताहरुले पार्टीलाई अराजकतातर्फ जानबाट रोक्न र विधि, पद्धती अनुरुप चलाउन सचिवालयले गरेको यो निर्णयलाई सही भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का शिर्ष तहका नेताहरुदेखि कार्यकर्ता तहसम्म पछिल्लो समय विभिन्न राजनीतिक, वैचारिक र संगठनात्मक रुपलाई लिएर एक अर्कामा वादविवाद र आलोचना हुने गरेको छ । आलोचना राजनीतिक विषयमा मात्रै होइन, व्यक्तिगत टिकाटिप्पणीमै गरिन थालेको छ । अहिलेसम्म भैरहेको के हो भने, सामाजिक सञ्जालमार्फत शिर्ष नेताहरुले नै विवादको निउ झिक्छन् कार्यकर्ताहरु त्यसैको पछि लागेर पक्ष विपक्षमा उत्रिन्छन्, तथानाम लेखेर सामाजिक संजालका भित्ता बिगार्छन् ।

यो गतिविधिले नेकपाको छवि नै धुमिल बनाउँदै लगेको छ । भदौ ५ गतेको सचिवालय बैठकमा त प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालविच तल्लो तहमै उत्रिएर व्यक्तिगत आरोप प्रत्यारोप चल्यो । यसले पार्टी पंक्तिमा सहि समाचार त गएन नै नेकपा माथिल्लो तहदेखिनै अराजक बाटो हिडिरहेको त छैन भन्ने प्रश्न जन्माएको छ ।

नेकपाका नेता कार्यकर्तामा अराजकता हुर्किदै गएपछि सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलोपटक बसेको सचिवालय बैठकले पार्टीका सबै तहका नेता, कार्यकता तथा सदस्यहरुलाई अनुशासनमा बस्न निर्देशन गरेको छ । पार्टीका विधि, पद्धति, नीति, नियम र नेताहरुको कार्यशैली चित्त नबुझे सार्वजनिक रुपमा टिप्पणी अथवा आलोचना गर्न प्रतिवन्ध लगाएको छ । सार्वजनिक रुपमा कसैको विरोध वा आलोचना गरे पार्टी विधान अनुरुप कारबाही गर्ने समेत नेकपाले चेतावनी दिएको छ ।

पार्टीमा नेतै पिच्छेको अभिव्यक्ति, कार्यकार्ता पिच्छेको स्वतन्त्र अभिव्यक्ति सार्वजनिक हुन थालेपछि सचिवालयले अनुशासनको डण्डा चलाएको हो । अनुशासनको यो डण्डा स्वभाविक भएको बताउंछन्, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ । जथाभावी अभिव्यक्ति दिनु र सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्नु पार्टी अनुशासन विपरित भएको भन्दै नेम्वाङले सचिवालयले गरेको निर्णयले पार्टीलाई सही दिशामा लैजाने विश्वास ब्यक्त गरे ।

त्यसो त नेकपामा आरोप प्रत्यारोप तल्ला तहका नेता कार्यकर्ताले शुरु गरेका होइनन् । शिर्ष तहकै नेताहरु आरोप प्रत्यारोप सुरु भएको हो । जुन कृत्य तल्लो तहसम्म आइपुग्यो । यसले शिर्ष तहमै असर पुराउन थालेपछि मात्र पार्टी नेतृत्वले गम्भीर निर्णय गर्नुपरेको बुझ्न सकिन्छ । त्यसो त, पार्टी नेतृत्वबाटै विधि, विधान र पद्धती विपरित निर्णयहरु गर्दै जाँदा स्वाभाविक रुपमा नेता कार्यकर्ताले नेतृत्वको आलोचना गरिरहेका छन् । औपचारिक रुपमा सबै संगठनले पूर्णता नपाउँदा, कतिले त अझै पनि उचित जिम्मेवारी नपाउँदा र आफ्नो कमिटीको बैठक, छलफल नहुँदा पनि कार्यकर्ताहरुले आफ्नो कुरा राख्ने ठाउँ पाएका छ्रैनन् ।

जसका कारण, नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाललाई नै पार्टी मञ्चको रुपमा प्रयोग गर्दै आएका थिए । शिर्ष नेताले कार्यकर्ताको मनोभावना बुझेर जिम्मेवारी दिने र पार्टीलाई चलायमान बनाउने हो भने यस्तो समस्या हटेर जान सक्थ्यो । नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे पनि सचिवालयको निर्णय नेता कार्यकर्ताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नका लागि नगरिएको र पार्टीलाई विधि, पद्धतीमा चलाउन गरिएको विश्वास गर्छन् ।

यी घटनाक्रमले देखाएका छन्, पार्टी भित्रको असन्तुष्टि अभिव्यक्त गर्ने उचित फोरम तुरुन्त बनाउन नेकपाले सोच्नुपर्छ । अनुशासन आयोगलाई छिट्टै पूर्णता दिई काम थाल्नुपर्छ र सार्वजनिक अभिव्यक्ति दिन शिर्ष नेताहरुबाटै कम गर्नुपर्छ । अनि मात्र पार्टी विधिसम्मत रुपमा चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com