ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा क्षेत्र नं ३ को विषयमा काँग्रेस र राप्रपाबीच असन्तुष्टि


admin
कार्तिक १३, २०७४ सोमबार   २ : २२   बजे

काठमाडौँ, १३ कात्तिक । झापा क्षेत्र नं ३ मा उम्मेदवारी दिने विषयमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच केही असन्तुष्ट देखिएको छ ।

झापा क्षेत्र नं ३ बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने पक्कापक्की भएपछि काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत उक्त स्थानमा आफू उठ्ने अनौपचारिक रुपमा घोषणा गरेसँगै दुई पार्टीमा केही असमझदारी बढेको छ ।

काँग्रेसले केही साता अगाडि सिटौलाको नामलाई समानुपातिकको अग्रस्थानमा राखेको भए पनि पछिल्लोपटक उहाँको नाम समानुपातिकबाट हटाएपछि राप्रपा बढी सशंकित भएको हो ।

नेपाली काँगे्रसका अग्रज नेता तीर्थराम डंगोलले झापा क्षेत्र नं ३ का पार्टी नेता तथा कार्यकर्ताले पूर्व महामन्त्री सिटौलालाई त्यस क्षेत्रबाट उम्मेदवार बनाउन दबाब आएपछि उहाँलाई उम्मेदवार बनाउन लागिएको जानकारी दिनुभयो । सो क्षेत्रमा काँग्रेसले आफ्नो उम्मेदवार उठाएपछि त्यसको सट्टामा अर्को स्थानमा राप्रपालाई सघाउने नीति काँग्रेसको छ ।

अहिले मुलुकमा चुनावको वातावरण बनाएर विकास, समृद्धि कायम गर्न लोकतान्त्रिक गठबन्धनको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले सो विषयलाई लिएर राप्रपाले गठबन्धनलाई असर पर्ने गरी निर्णय गर्न नहुने बताउनुभयो ।

गठबन्धनले राप्रपालाई प्रतिनिधिसभामा सात सिट दिने समझदारी गरेपछि पार्टीको झापा क्षेत्र नं ३ मा अत्याधिक सम्भावना देखिएकाले महामन्त्री लिङदेनलाई त्यहाँबाट उम्मेदवार बनाउने सहमति भएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

राप्रपाले झापा क्षेत्र नं ३ अतिरिक्त मकवानपुर १, दैलेख १, पर्सा १, काठमाडौँ ७ मा उम्मेदवारको टुंगो लगाइसकेको छ । बाँके र धनुषा दुई स्थानमा समझदारी हुनका लागि छलफल भइरहेको थियो ।

राप्रपाले सोही विषयलाई लिएर थप निर्णय लिन आज ३ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका वाम गठबन्धन तथा चुनावपछिको एकता कायम गर्ने सहमति भएपछि निर्माण भएको लोकतान्त्रिक गठबन्धनमा समेत चुनावमा सिट संख्यामा बाँडफाँड भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group