ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चावहिल–जोरपाटी–साखु सडक खण्ड बेहाल, सरकारको बेवास्ताका कारण सर्वसाधारणलाई सास्ती (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ८ भदौ । करिब चार वर्ष अघिदेखि सडक विस्तारको काम सुरु भएको चावहिल–जोरपाटी–साखु सडक खण्ड बेहाल छ । निर्माण कम्पनीको ढिला सुस्ती, स्थानीयको अवरोध, मुआब्जा विवादले सडक आयोजना अधुरो भएको हो ।

निर्माण कम्पनीको चरम लापरवाही सरकारको बेवास्ताका कारण चावहिल जोरपाटी सा“खु सडक खण्ड अधुरो छ । चावहिलदेखि जोरपार्टी १२ किलोमिटर सडक बन्न वर्षाै लागेको हो । आयोजनामा भएका ढिलासुस्तीले वर्षातमा हिलाम्मे र हिउदमा धुलाम्मेको सकस स्थानियबासीले खेप्नु परेको छ ।

चावहिल–जोरपाटी–सा“खु सडकले देखाउछ काठमाडौमै सडकको अवस्था कस्तो छ भनेर । राजधानीको केन्द्रमै रहेको यस सडकखण्ड पानी परेपछि हुने हिलो, घाम लागेपछि धुलोको कारण वर्षाैदेखि स्थनीयले समस्या भोग्न परेको छ । चावहिल–जोरपाटी–साखु बनाइदेउ भन्दै राज्यसंग गुहार माग्दा समेत कसैले उनीकहरुको गुनासोका चासो लिने गरेका छैनन । स्थानीयले अधुरो आयोजनाको विषयलाई संसदसम्म पनि नपुराएको होइनन् । संसदमा पुगेपछि बेला बेलामा सडकको अनुगमन पनि हुदै आएको छ ।

सडक आयोजनाको प्रगति उन्नाइसबाट २० अझै हुन सकेन । राजधानीको सडक भएर पनि हिंड्न समेत सास्ती खोप्नु परेको गुनासोपछि प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले चावहिल, जोरपाटी , सांखु सडक खण्डको स्थलगत अनुगमन गरेको हो । सडक अनुगमन पछि सभापति कल्याणी खड्काले जिम्मेवारी भित्रको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएको बताईन् ।

गत वैशाख २६ गते स्थानीयले सडक तत्काल कालोपत्रे गर्नुपर्न माग राख्दै सडकमा आन्दोलन गरे । आन्दोदलनपछि १५ दिनभित्र सडक कालोपत्रे गरिसक्ने सहमति भयो । तर सहमति भएको ३ महिना बितिसक्दा पनि सडकको हालत उस्तै छ । जनप्रतिनिधिले निर्माण कम्पनीले काम गर्न अटेरी गरेको बताएका छन् । सडक अनुगमन गर्न समिति जाने सूचना पाएपछि सडकका खाल्डा पुरेर झारा टार्ने गरिएको जनप्रतिनिधिहरु बताउछन् ।

सडकको दूरावस्थाको कारण पटक पटक स्थानीय सडकमै उत्रिदा समेत निमार्ण कम्पनीले अटेरी गर्दै आएको छ । तर निर्माण कम्पनीका प्रतिनिधिले भने स्थानीय जनप्रतिनिधिले बाटो बिस्तारमा असहयोगकै कारण काम गर्न असहज भएको दाबी गर्छन । आफै काम नगर्ने तर जनप्रतिनिधिलाई दोष लगाएर पन्छिन खोज्छन् निर्माण कम्पनीका प्रतिनिधिहरु ।

उपत्यका सडक विस्तार आयोजनाले २०७२ असोजबाट सुरु गरेको उक्त १२ किलोमिटर सडक आयोजना ४ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन । आयोजनाको सडक बिस्तारको लागि मुआव्जा बिवादकै कारण काम गर्ने समस्या परेको गुनासो छ जिम्मेवारहरुको ।

२ वर्षमा सम्पन्न गर्ने गरी १ अर्ब ७० करोडमा ठेक्का सम्झौता भएपनि सडक विस्तारको प्रगति हेर्दा उदेक लाग्दो छ । विगतमा मन्त्री, नेताले समेत अनुगमन गरिसकेकाले चावहिल–जोरपाटी–साखु सडक छिटो सम्पन्न गर्नुको कुनै विकल्प छैन । एकले अर्काेलाई दोष थोपर्नु भन्दा समस्याको पहिचान गरि आयोजना अबिलम्ब पुरा गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com