ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी निकायको निकम्पना र निर्माण व्यवसायीको बेइमानीका कारण पुलको दयनीय अवस्था (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ७ भदौ । पुल महाशाखाको तथ्याकं अनुसार नेपाल भर १७०९ वटा पुल निर्माण भएको छ । त्यसै गरी काठमाडौं उपत्यकामा मात्र ५५ वटा पुल निर्माण भएको छ । अधिकांश निर्माण भएका पुल जिर्ण बन्दै गएका छन् भने नयां पुल निर्माण अधुरै छन् । अधुरा अयोजनाले नागरिकलाई सास्ती दिएका छन् ।

सरकारी निकायको निकम्पना र निर्माण व्यवसायीाको बेइमानीका कारण पुलको दयनीय अवस्था भएको हो । उपत्यकामा ५५ वटा पुल निमार्ण भएको छ । वर्षाैदेखि पुल मर्मत सम्भारको अभावमा पुल जोखिम बन्दै गएका छन् । पुल जोखिम मात्रै होइन, गुणस्तरहिन सामाग्रीको प्रयोगका कारण थप असुरक्षित पनि छन् । निर्माण भएको अधिकांस पुलहरुको गुणस्तरमा प्रश्न उठेको छ । एकातिर । समयमा पुल निमार्ण नहुनु र अर्काेतिर निमाण भएका पुलहरु पनि गुणस्तर हिन हुनुले नागरिकले सास्ती भोग्नु परेका छ ।

भने पूर्वाधार निर्माणमा भ्रष्टचारमा बल पुगेको छ । प्रविधिक मापदण्ड अनुसार नभएकोले प्रयोगमा आउन सकेका छैनन् । त्यस्को ज्वलन्त उदाहरण कालीमाटी टेकु खण्डको विष्णुमति पुल एक हो । त्यस्तै हालतमा बुढानीलकण्ठ नगरपालिका ५ मा विष्णुमती खोलाको पुल पनि अलपत्र छ । तीन वर्षसम्म पुल निर्माण नहुदा यता पनि उस्तै समस्या छ । नया“ पुल बनाउन पुरानो पुल भत्काएर खोलालाई बाधी बनाइएको एकतर्फी कच्ची सडकमा पानी पस्दा हिडडुल गर्न सास्ती भएको स्थानीय बासिन्दाको गुनासो छ ।

खोला बँधेर सडक बनाएकै कारण गत वर्षामा पानीको बहाव बढी वरपरका घरभित्र पानीपसेर स्थानिय वासिलाई सास्ती भएको छ । पुल निर्माण काम ढिलाइ एकातिर, अर्का्तिर निर्माण भएका पुल प्रयोगमा ल्याउन सक्ने अवस्थामा छैनन् । दुर्घटनाको डरले र निर्माण भएको पुल पनि गुणस्तरहिनका कारण नचल्दा स्थानीयहरूलाई दिनर्चय सकसमय भएको छ । नेपाल सरकारले सुखि नेपाल समृद्ध नेपाल बनाउने भनेर लागिरहदा झनै जनताले सास्ती वेहोरनु परेको छ ।

राज्यको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई गिज्याइरहेको छ । नागरिक राहात भन्दा आहात भोग्नु परेको छ । सर्वसाधारणलाई सहजका लागि दुई स्थान जोडने पुल समयमा नवन्दा र वनेको पुल पनि प्रयोगमा नआउदा नागरिकको विकास चाहानामाथि कुठाराघात भएको छ । तर निर्माण व्यवसायीहरु सरकारको उदासिनता र सरकारले बनाएको खरीद ऐनको कारण समयमा काम सम्पन्न गर्न नसकिएको दावी गर्दै आएका छन् ।

सरकारले आयोजनाको निमार्ण गर्ने तर त्यसको सही अनुगमन नगर्ने परमपरा छ । पूर्वाधार निर्माणमा व्यवसायी र सरकारी कर्मचारीको मिलेमतोमा आयोजना मिलाइन्छ । अनुचित लाभलाई लक्षित गरेर आयोजना अघि बढ्दा पुल समयमै निर्माण नहुने मात्रै होइन, निर्माणको गुणस्तरीय समेत हुदैन ।

सरकारी अड्डाहरु निर्माण कम्पनीले अटेरी गर्दा समयमै निर्माण नभएको तर्क गर्छन, तर निर्माण कम्पनीले समयममै किस्ता निमार्णगर्ने ठेकदार कम्पनीले आफ्ने क्षमता भन्दा वढि काम ओगटने तर त्यसको सम्पन्न नगर्ने काममा ढिलासुस्ती गर्ने गर्दछन् । एउटा पुल निमार्णको लागि म्याद थपी थपि समय लम्बाउने परम्परा नै छ । यस्तो फितला सरकारी निकाय र निर्माण कम्पनीको निहित स्वार्थले पुल वर्षाै निर्माण हुदैनन। इतिमात्रै होइन गुणस्तरीयताको समस्या ज्यूतयूको रहन्छ । यसर्थ पूर्वाधार जस्तो संवेदनशिल विषयमा बढी राज्य ने जिम्मेवार बन्नुको विकल्प छैन ।

पुल निर्माणमा वर्षेनी अर्वाैको बजेट विनियोजन गर्छ, विनियोजन अनुसार टेण्डर आह्रवान गरि कम्पनी पनि छनौट हुन्छ । प्रकृयामुखी झनझट कमिसनतन्त्रको सिधा हस्तक्षेप, जिम्मेवार निकायको गैर जिम्मेवारीका कारण पुल विकास आयोजनाहरु अधुरा र अव्यवस्थित बन्दै गएका हुन् । पुल निर्माणमा भएका यस्ता बेइमानीले जनताको विकास चाहानालाई तुषारापात गरिदिएको छ । पुल निर्माणमा चरम बदमासी भएका छन् , मुख्यतया बदमासीका कारण आयोजना अधुरा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com