काठमाण्डौं, १३ काक्तिक । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी हुनुभएको छ ।
टानको आइतबार सम्पन्न ३९औं वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका दाहालले ३ सय ३१ मतका साथ विजयी हुनुभएको हो । उहा“का निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३ सय १३ मत प्राप्त गर्नुभएको थियो । टानको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा विजयी हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष दाहालले टानको व्यावसायिक छविलाई उचो बनाउन सम्पूर्ण व्यवसायीलाई एकताबद्ध गरेर लैजाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्