ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वझाङ्गको देवल विमान स्थलको काम अन्तीम चरणमा (भिडियोसहित)


एबीसी न्यूज
भाद्र २, २०७६ सोमबार  १ : ५५ बजे

 

वझाङ्, २ भदौ । करिव एघार वर्ष देखी वन्द अवस्थामा रहेको वझाङ्गको देवल विमान स्थलको काम लगभग अन्तीम चरणमा पुगेको छ । विमान स्थल निर्माण भएको पैतालिस बर्ष पछी कालो पत्रेको काम लगभग अन्तीम अवस्थामा पुगेको हो ।

पहिले बझाङ जिल्लामा हवाई नियमित उडान हुदा आकस्मिक विरामीहरुका लागी निकै लाभदायी भएको थियो । जव जिल्लाको सदरमुकाम चैनपुरमा सडक सञ्जाल जोडिएपछी देवल विमान स्थल वन्द भएको हो । विमान स्थल वन्द हुदाँ यहाका स्थानीय वासिन्दाले निकै सास्ती खेप्नु परेको छ । हाल विमान स्थल कालो पत्रे हुदै गर्दा वझाङ्गी जनतामा निकै आशा पलाएको छ । विमान स्थल सुचारु भए पछि यहाँका पर्यटकीय स्थलहरु साईपाल हिमाल, मालिका गुफा, खप्तड, गुरैल झरना, सुर्मा सरोवर, ताल वड्डी, ज्यावन जस्ता पर्यटकिय स्थलहरुले आफ्नो पर्यटकीय महत्व अझै दर्शाउने छन् । कतिपय पर्यटकहरु विगतका दिनहरुमा गाडीमा आउने र सडकको बिग्रदो अवस्थाले दिकदार बनेका थिए भने, कतिपय पर्यटकहरु भित्रयाउन सकिएको थिएन ।

विमानस्थल कालो पत्रे हुनु मात्रै र विमान स्थल बन्नु मात्रै ठुलो कुरा होईन । बिमानस्थलमा नियमित उडान हुनु र बझाङी जनताले त्यसको उपयोग गर्न पाउनु नै ठुलो कुरा हुनेछ । निरन्तर हवाई उडान सञ्चालन हुन सक्यो भने आकस्मिक कामका लागि देवल विमान स्थल बझाङी जनताका लागि बरदान नै सावित हुनेछ । अहिले यहा“का स्थानीय वासिन्दा विरामी हुदा करिव दश घण्टा एम्वुलेन्सको यात्रा गरेर धनगढी गएर उपचार गर्नु पर्ने बाध्यतामा रहेका छन् । कतिपय विरामीको समयमै उपचार हुन नसक्दा वाटोमै मृत्यु हुने गरेको छ ।

छ सय पचास मिटर रन वय र २० मिटर चौडाई रहेको वझाङ्ग विमान स्थल २०७६ साल असार मसान्त सम्म सम्पन्न गर्ने लक्ष्य लिए पनि समयमै सम्पन्न हुन भने निकै मुिस्कल रहेको छ । अव भने निमार्ण कार्य छिटै सम्पन्न हुने बताउ“छन् साइड इन्चार्ज जनक प्रसाद उपाध्याए साइड इन्चार्ज । बिमानस्थलको काम लगभग अन्तिम चरणमा पुगेको छ । पार्कीङ एप्रोनको काम लगभग ७० प्रतिसत सकिएको उपाध्याय बताउ“छन् । बिमान स्थलको स्तरउनन्तीमा सबै सरोकारवालाको खवरदारी भने आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

लिपुलेक विवाद: नेपालको कूटनीतिक ‘नोट’ र छिमेकीको बेवास्ता

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com