ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रको रक्षा र देशको आर्थिक प्रगतिमा सबै एकजुट भएर लाग्नुपर्ने– प्रधानमन्त्री ओली


एबीसी न्यूज
भाद्र २, २०७६ सोमबार  १ : ३५ बजे

काठमाडौं, २ भदौ । आइतबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा र देशको आर्थिक प्रगतिको निम्ति सबै व्यक्ति, पार्टी र समुदाय एकजुट भएर लाग्नुपर्ने बताएका छन् । शान्ति सुरक्षाको ग्यारेन्टी गर्दै देशबाट गरिबी र पछौटेपन हटाउँदै सरकार सुशासन र विकासमा केन्द्रीत हुने उनको भनाइ छ ।

प्रतिनिधी सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले अवरुद्ध संसद खुलेकोमा खुशी व्यक्त गर्दै बनाउन बाँकी रहेका कानुन संसदको चालु अधिवेशनले छिटोभन्दा छिटो निर्माण गर्नुपर्नेमा जोड दिए । सरकार लोकतन्त्रको निम्ति त्याग र बलिदान गरेर आएकाहरुले बनाएको भन्दै सरकारले लोकतन्त्रलाई संरक्षण गर्दै अझ सुदृढ बनाउनुपर्ने उनको भनाइ छ । लोकतन्त्र र संविधानको बर्खिलापमा केही परिवर्तन विरोधी तत्व लागि परिरहेकोले सरकार कमजोर रहेको नठान्न उनले चुनौति दिए ।

परिवर्तनलाई उल्ट्याउने बेमौसमी बाजा नबजाउन सुझाउँदै प्रधानमन्त्री ओलीले त्यसको लागि सरकार दह्रो रहेको बताए । विकास आयोजनाका काममा देखिएको समस्या समाधानका लागि सरकार गम्भिर रहेको उनको भनाइ छ । आर्थिक वृद्धिदर इतिहासकै उच्च हासिल भएकोले आगामी वर्षहरुमा निरन्तर वृद्धि गरिदै लाने प्रधानमन्त्री ओलीले बताए । सरकारले गत वर्ष आधार वर्षको रुपमा लिएकोले यस वर्ष कानुन, संरचना, शक्ति र सामथ्र्यको विन्यास टुङ्ग्याउने उनको भनाइ छ । स्वास्थ्य र शिक्षामा निकै परिवर्तन आएको सुनाउदै प्रधानमन्त्री ओलीले अब सरकार सुशासन र विकासमा केन्द्रीत हुने बताए । जनतालाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्दै पछौटेपन र गरिबीबाट उन्मुक्ति दिन सरकार जागरुक रहेको उनको भनाइ छ । अपराध नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालेको उल्लेख गर्दै सम्पति सुद्धिकरण, राजश्व चुहावट लगायतका विषयमा दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

अतिक्रमित सार्वजनिक जग्गालाई सरकारको नियन्त्रणमा ल्याउन कडा कदम चालिएको, सार्वजनिक र गुठी जग्गाको अपचलन गर्नेलाई उच्च स्तरीय समिति बनाएर कारबाही प्रक्रिया अगाडी बढाइएको, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धी आयोगको गठन पनि यसै हप्ताभित्र भइसक्ने प्रधानमन्त्री ओलीले जानकारी दिए । संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो जिम्मेवारी पुरा गर्दै संघीयता कार्यान्वयनमा अघि बढेको र सबै प्रदेश विच तालमेल, साधन स्रोतको बाँडफाँडमा सरकारले उचित व्यवस्थापन गर्ने उनको भनाइ छ । सार्वजनिक खरिदको क्षेत्रमा रहेको समस्या समाधानका लागि कानुन बनाइरहेको उनले बताए ।

देशभर बाढी, पहिरो र डुबानले पुराएको क्षतीमा सरकारको ध्यान पुगेको प्रधानमन्त्री ओलीले बताए । पिडितलाई पुर्नस्थापनाका निम्ति सरकार लागिरहेको उनको भनाइ छ । चैत्र १७ गते बारा, पर्सा र रौतहटमा हावाहुरीले गरेको क्षतीमा पुर्नस्थापनाका निम्ति नेपाली सेनाले घरहरु निर्माण गर्दै गरेको उल्लेख गर्दै यही महिनाभित्रै ८६९ घर निर्माण गरिसक्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा र देशको आर्थिक उन्नतीको निम्ति सबै व्यक्ति, पार्टी र समुदाय एक हुनलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com