ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रको रक्षा र देशको आर्थिक प्रगतिमा सबै एकजुट भएर लाग्नुपर्ने– प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौं, २ भदौ । आइतबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा र देशको आर्थिक प्रगतिको निम्ति सबै व्यक्ति, पार्टी र समुदाय एकजुट भएर लाग्नुपर्ने बताएका छन् । शान्ति सुरक्षाको ग्यारेन्टी गर्दै देशबाट गरिबी र पछौटेपन हटाउँदै सरकार सुशासन र विकासमा केन्द्रीत हुने उनको भनाइ छ ।

प्रतिनिधी सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले अवरुद्ध संसद खुलेकोमा खुशी व्यक्त गर्दै बनाउन बाँकी रहेका कानुन संसदको चालु अधिवेशनले छिटोभन्दा छिटो निर्माण गर्नुपर्नेमा जोड दिए । सरकार लोकतन्त्रको निम्ति त्याग र बलिदान गरेर आएकाहरुले बनाएको भन्दै सरकारले लोकतन्त्रलाई संरक्षण गर्दै अझ सुदृढ बनाउनुपर्ने उनको भनाइ छ । लोकतन्त्र र संविधानको बर्खिलापमा केही परिवर्तन विरोधी तत्व लागि परिरहेकोले सरकार कमजोर रहेको नठान्न उनले चुनौति दिए ।

परिवर्तनलाई उल्ट्याउने बेमौसमी बाजा नबजाउन सुझाउँदै प्रधानमन्त्री ओलीले त्यसको लागि सरकार दह्रो रहेको बताए । विकास आयोजनाका काममा देखिएको समस्या समाधानका लागि सरकार गम्भिर रहेको उनको भनाइ छ । आर्थिक वृद्धिदर इतिहासकै उच्च हासिल भएकोले आगामी वर्षहरुमा निरन्तर वृद्धि गरिदै लाने प्रधानमन्त्री ओलीले बताए । सरकारले गत वर्ष आधार वर्षको रुपमा लिएकोले यस वर्ष कानुन, संरचना, शक्ति र सामथ्र्यको विन्यास टुङ्ग्याउने उनको भनाइ छ । स्वास्थ्य र शिक्षामा निकै परिवर्तन आएको सुनाउदै प्रधानमन्त्री ओलीले अब सरकार सुशासन र विकासमा केन्द्रीत हुने बताए । जनतालाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्दै पछौटेपन र गरिबीबाट उन्मुक्ति दिन सरकार जागरुक रहेको उनको भनाइ छ । अपराध नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालेको उल्लेख गर्दै सम्पति सुद्धिकरण, राजश्व चुहावट लगायतका विषयमा दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

अतिक्रमित सार्वजनिक जग्गालाई सरकारको नियन्त्रणमा ल्याउन कडा कदम चालिएको, सार्वजनिक र गुठी जग्गाको अपचलन गर्नेलाई उच्च स्तरीय समिति बनाएर कारबाही प्रक्रिया अगाडी बढाइएको, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धी आयोगको गठन पनि यसै हप्ताभित्र भइसक्ने प्रधानमन्त्री ओलीले जानकारी दिए । संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो जिम्मेवारी पुरा गर्दै संघीयता कार्यान्वयनमा अघि बढेको र सबै प्रदेश विच तालमेल, साधन स्रोतको बाँडफाँडमा सरकारले उचित व्यवस्थापन गर्ने उनको भनाइ छ । सार्वजनिक खरिदको क्षेत्रमा रहेको समस्या समाधानका लागि कानुन बनाइरहेको उनले बताए ।

देशभर बाढी, पहिरो र डुबानले पुराएको क्षतीमा सरकारको ध्यान पुगेको प्रधानमन्त्री ओलीले बताए । पिडितलाई पुर्नस्थापनाका निम्ति सरकार लागिरहेको उनको भनाइ छ । चैत्र १७ गते बारा, पर्सा र रौतहटमा हावाहुरीले गरेको क्षतीमा पुर्नस्थापनाका निम्ति नेपाली सेनाले घरहरु निर्माण गर्दै गरेको उल्लेख गर्दै यही महिनाभित्रै ८६९ घर निर्माण गरिसक्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा र देशको आर्थिक उन्नतीको निम्ति सबै व्यक्ति, पार्टी र समुदाय एक हुनलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com