ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा, एक वर्षमै ७ अर्ब २० करोड नाफा (भिडियोसहित)


एबीसी न्यूज
भाद्र २, २०७६ सोमबार  १ : २६ बजे

काठमाडौं, २ भदौ । विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको छ । १८ घन्टा सम्म लोडसेडिङको हुने बिगतको नजिरलाई अन्त्य गर्दै प्रधिकरणले यो साख आर्जन गरेको हो । लोडसेडिङ अन्त्य गरेको प्राधिकरण एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गर्न सफल भएको हो । प्राधिकरण कुलमानको आगमनसंगै नाफाको बाटोमा अगाडी बढेको हो ।

३ वर्ष अघि १८ घण्टा लोडसेडिंङ भोग्न विवश नेपाली अहिले त्यो अन्धकार युगवाट भने मुक्त भएका छन । बिद्युत अभावमा उद्योग धन्दा नै बन्द गर्ने अवस्थामा पुगेका उद्योगी व्यवसायीमा पनि अहिलेको अवस्थाले निकै हौसला प्रदान गरेको छ । यो संगै ३ वर्ष अघि घाटामा रह“दै आएको प्राधिकरण अहिले भने अबौ नाफा कमाउन सफल भएको छ । प्राधिकरणको नेतृत्व समाल्न आएका कुलमानकै व्यवस्थापिकीय क्षमताले अहिले बिद्युत प्राधिकरण उकृष्ठ संस्थानको रुपमा आगाडी आएको छ । नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैया नाफा गरेको छ । २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गर्दा वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको संस्था ३ वर्षमै चामत्कारीक सफलाता हासिल गरेको हो । नेपाल विद्युत प्राधिकरणले आफनो स्थापनाको ३४औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रममा उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमानपुनले प्राधिकरणले आफ्नो उत्कृष्ठ उपलब्धी देखाएको बताए । उनले अब प्राधिकरणको यात्रा संधै एक नम्बरको हुने दावी गरे ।

प्राधिकरणले अन्धकार युगबाट देशलाई उज्जालो युगमा प्रवेश गराएको छ । यति मात्र नभएर अहिले बिद्युत उत्पादन , प्रशारण, वितरण तथा विद्युत निर्यातमा समेत अगाडी बढिरहेको छ । बिद्युत प्राधिकणले चुहावट नियन्त्रण गरेर राम्रो नाफा दिन सफल भएको छ । प्राधिकरणमा कुलमानको आगमन संगै लोडसेडिङको अन्त्यका साथै ३ वर्षमा राम्रो आम्दानी समेत गर्न सफल भएको छ ।
कुलमानले प्राधिकरणमा जिम्मेवारी लिएको पहिलो वर्षमै डेढ अर्ब, दोश्रोमा करिब ३ अर्ब रुपैया र अहिले ७ अर्ब रुपैया भन्दा बढि नाफा कमाएको छ । यसबाट के देखिन्छ भने कुशल व्यवस्थापन देखि चुहावटमा गरिएको नियन्त्रणले एउटा रुग्ण संस्था पनि छोटो समयमै अब्बल बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com