ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपांगता भएका ब्यक्तिले पनि सिर्जनशिल काम गर्न सक्छन् भन्ने उदाहरणका पात्र प्रेम विक (भिडियोसहित)


एबीसी न्यूज

रुकुम , २ भदौ । क्षमतालाई मध्यनजर गरी आवाश्यकताको आधारमा अवसर पाएमा सामान्य व्यक्ति जस्तै अपांगता भएका ब्यक्तिले पनि सिर्जनशिल काम गर्न सक्छन् भन्ने उदाहरणका पात्र हुन् प्रेम विक । रुकुम पश्चिम चौरजहारी नगरपालिकाका प्रेमले शारिरीक अपांगता संगै आर्थिक विपन्नताको बीचमा पनि साथ र हौसला पाएपछि सुनौलो भविष्य कोर्दैछन् यतिबेला अध्ययन गरेर ।

चौरजहारी नगरपालिका वडा नम्वर १२ को विकट गाउ“मा जन्मिएका प्रेम वि.क जन्मजात दृष्टिविहिन व्यक्ति हुन । उमेरले २५ वर्ष पुगेका विकले जन्मजात दुवै आ“खाको ज्योति गुमाउन पुगे । प्रेमका अविभावक छोराको उपचारको लागि नेपालगञ्जदेखि भारतको कोलकत्तासम्म पुगे । तर पनि उनको उपचार संभव भएन । स्थानीय स्तरमा समेत वैद्यिक उपचार विधि अवलम्वन गरे, तर त्यो पनि संभव भएन । विकट गाउंको गरिव परिवारमा जन्मेका प्रेमका २ भाइ र २ वहिनी छन । उनकै उपचारमा भएको जायजेथा पनि सकियो । त्यो उपचारमा लागेको खर्च तिर्नको लागि प्रेमका बाबु भारत गए । आज भन्दा १७ वर्ष पहिले भारत काम गर्न गएका प्रेमका बाबु हालसम्म घर फर्किएका छैनन् । घरका परिवारका अन्य सदस्यहरुले समेत आउने आशा मारिसकेको बताउछन् घरका जेठा छोरा प्रेम दृष्टिविहिन भएपछि उनी घरको आगन वरिपरि नै सिमित भए । घरवाहिर जानका लागि पनि उनका लागि संभव थिएन । तर, २०६६ मा अपांगताको क्षेत्रमा काम गर्दै आईरहका मानव विकास तथा सामुदायिक सेवा अन्तरर्गत ललितपुरको सैवुमा अवस्थित आशा वाल विकास सेवाले रुकुम पश्चिमको चौरजहारीमा सिविआर कार्यक्रम संचालनमा ल्यायो ।

प्रेमको वारेमा जानकारी लिएर उनको चाहनाको बारेमा वुझयो । त्यो वेला प्रेमको ईच्छा पढने थियो तर, परिवारका सदस्यहरुले प्रेमले विद्यालयमा पढन नसक्ने भन्दै नपढाउने निर्णय गरेका थिए । सामुदायमा आधारित पुर्नस्थापना सेवाका सहजकर्ताको पटक पटकको परामर्श र दृष्टिविहिनहरुले पनि पढ्न सक्छन भन्ने कुराले गर्दा अन्तत ः प्रेमलाई विद्यालय पठाउने निर्णय लिए ।
सिबिआरकै पहलमा जाजरकोटको भेरी नगरपालिका ६ मा अवस्थित लक्ष्मी माध्यामिक विद्यालयमा भर्ना गरियो । जुन विद्यालयमा दृष्टिविहिनहरुका लागी व्रेलल लिपिको माध्याम वाट पठनपाठ भैरहेको थियो । एउटा विकट ठाउ“ र गरिव परिवारमा दृष्टिविहिनको रुपमा जन्मलिएका प्रेम वि.क हाल उक्त विद्यालयको कक्षा १० मा अध्ययन गरीरहेका छन । छोराको पढाई देखेर आमा टिकुली वि.क छोराले केही गर्छ भन्ने आशा गर्न थालेकी छन् । कम्प्युटर मोवाईल चलाउन सक्ने देखि लिएर उनीहरुले व्रेलको माध्यामबाट पढन र लेख्नमा सक्षम वनेका छन । उनको अवको ईच्छा १२ कक्षा उतिर्ण गरेर आफुजस्तै समस्या भएका व्यक्तिहरुलाई शिक्षा प्रदान गर्ने रहेको छ ।

उक्त विद्यालयमा दृष्टिविहिन छात्र तथा छात्राहरुको संख्या वढ्दो अवस्थामा छ । विद्यालयमा अन्य स्थानीय तहमा समेत विशेष शिक्षा स्थापनाका लागि माग भैरहेको बताउ“छन् विद्यालयका प्रशिक्षक ठकेन्द्र वि.क । प्रेम एउटा गतिला उदाहरण हुन् । भौतिक शरिर अपांग भएपनि क्षमता अद्भूत भएका प्रेमले अवसर पाएपछि सुनौलो भविष्यका लागि अध्ययन गरिरहेका छन् । आर्थिक विपन्नतासंगै शारिरीक अपांगताको सामना गरिरहेका प्रेमको भविष्यका लागि सहयोगी हातहरुको योगदान पक्कै छ । यस्ता योगदानले शारिरीक तथा आर्थिक रुपले कमजोर वर्गको उत्थान गर्नमा सहयोग मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com