ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय क्षेत्र जट्टापोखरी तथा पाँचपोखरी क्षेत्रमा पर्यटन पुर्वधारको अभाव, पर्यटकलाई सास्ती (भिडियोसहित)


एबीसी न्यूज

 

दोलखा, २ भदौ । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा दोलखा र रामेछापको सिमा क्षेत्रमा पर्ने जट्टापोखरी तथा पाँचपोखरी क्षेत्रमा पर्यटन पुर्वधारको अभाव देखिएको छ । उकालो बाटो भएका कारण विश्रामका लागि टहरा र आवश्यकता अनुसार पानीको व्यवस्था नहुँदा यस क्षेत्रमा जाने धार्मिक पर्यटकहरुले सास्ती वेहोर्नु परेको छ ।

दोलखा र रामेछापको सिमा क्षेत्रमा पर्ने जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य भएता पनि प्रचार प्रसार र पर्यटन पुर्वधारको विकास नहुँदा पर्यटकहरुले समस्या झेल्दै आएका छन् । नम्बुर चिज सर्किट ट्रेकिङ रुट समेत रहेको यस क्षेत्रमा रामेछापको खारेबाट फोक्टे भन्ने ठाउँ सम्मको बाटोमा सिंढि निमार्ण गरीए पनि त्यस बाहेक अन्य कुनै खास काम भएको देखिँदैन । पर्यटन वर्ष २०२० लाई समेत ठूलो टेवा पु¥याउन मद्दत गर्ने सम्भावना रहेको यस क्षेत्रमा पर्यटकहरुका लागि बाटोको वीच वीचमा पानी र प्रतिक्षालयको मात्र व्यवस्था भएको खण्डमा पनि पर्यटकहरुलाई ठूलो राहत मिल्ने रामेछाप मन्थलीका गजेन्द्र खड्का बताउ“छन् ।

विशेष गरी हिन्दुधर्मलम्बीहरुको पवित्र धार्मिक स्थल समेत रहेको यो क्षेत्र धार्मिक रुपमा अत्यन्त प्रख्यात रहेको छ । परापुर्वकालमा महादेवले विष सेवन पछि पीडा हुँदा जट्टापोखरीको जल पिए पछि ठिक भएको भन्ने किम्बदन्ति रहेको छ । भने पाँच पाण्डपको परीक्षा यहि पाँचपोखरीमा भएको भनाई सुन्न पाइन्छ । जट्टापोखरीको सिधा माथिबाट डाँफे समेत उड्न नसक्ने र यदि उडेमा धार्मिक शक्तिका कारण त्यहि पोखरीमा खसेर मृत्य हुने गरेको स्थानीय चौरीपालक कृर्षक बताउँछन् । जति धार्मिक रुपमा यस क्षेत्रको महत्व छ त्यो भन्दा यहाँको भौगोलिक वातावरणले पर्यटकहरुलाई लोभ्याउने गरेको पाइन्छ । ठाउँ अत्यन्त रमाइलो भए पनि भौतिक संरचनाको अभावमा यात्रा कठिन हुने गरेको दुखेसो पोख्छन् ललितपुरको लुबुबाट पाँचपोखरी पुगेका सुनिल राजथला ।

जट्टापोखरी क्षेत्रमा पुग्ने बाटो सजिलो छैन । राजधानीबाट एक दिनको सावारी साधानबाट यात्र गरे पछि रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. १ स्थित खारे भन्ने स्थानमा पुगिन्छ । त्यस पछि एक दिनको पैदाल यात्रागरे पछि साँझ मात्र पोखरी क्षेत्रमा पुगिन्छ । तर ट्रेकिङ रुट अनुसार खारेबाट २ क्याम्पको बाटो हो । बाटो सिधा उकालो भएका कारण समस्या उत्तिकै बेहोर्नु पर्छ । पिउने पानीको लागि मात्र ३ देखि ४ घण्टाको पैदाल यात्रा गर्नु पर्ने बाध्यता पर्यटकहरुलाई छ ।

स्थानीय घङ खोलामा पानी खाए पछि करीब २ घण्टाको उकालो चढे पछि पानी पाखा पुगिन्छ । जहाँ पानीको व्यस्था छ । त्यस पछि पानी पिउनाको लागि ३ देखि ४ घण्टाको यात्रा पछि मानेडाँडा भन्ने ठाउँमा पुगिन्छ । त्यहाँ भने चौरी गोठ भएका कारण पानी सँगै चौरीको दुध दहि मोही पिउन पाइन्छ । यहाँ सम्म आइपुग्दा उकालो बाटो सकिन्छ । अब भने भिरको तेर्सो उकालो बाटो शुरु हुन्छ । यो पनि करीब ३ देखि ४ घण्टा हिँड्नु पर्ने हुन्छ । त्यस पछि जट्टापोखरी क्षेत्रमा पुगिन्छ । यात्रा गर्दा जति कठिनाई भएता पनि यस क्षेत्रमा पुगे पछि यहा“को वातावरणले सजिलै सबैको मन लोभ्याउने गर्दछ । यहाँबाट १ घण्टाको सिधा उकालो काटे पछि पाँच पोखरी क्षेत्रमा पुगिन्छ । पाँच पोखरी समुन्द्रि सतहबाट करिब ४५१४ मिटर उचाईमा पर्दछ । यहाँ लेख लाग्ने सम्भावना पनि उत्तिकै रहन्छ । यसरी यात्रा गर्दा यात्रुका सहजका लागि प्रदेश र संघीय सरकारको मात्र मुख नताकी स्थानीय तहले पनि भौतिक पुर्वधार निर्माण गरेर पर्यटन वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्नुपर्ने दोलखा जिरीका केशव कार्की बताउँछन् ।

पर्यटकीय सम्भावना बोकेर ओझेलमा परेको जट्टापोखरी तथा पाँचपोखरी क्षेत्रमा पर्यटन पुर्वधारकै कमीका कारण यात्रुहरु कष्टपुर्ण यात्रा गर्न वाध्य छन् । विशेष गरी जनैपूर्णिमाको दिन १० औ हजार मानिस यस क्षेत्रमा पुग्ने गर्छन् । तर बस्ने बासको त कुरै छाडौँ यात्रुले प्रयोग गरेको सामानको फोहोर संकलन गर्ने डस्विन समेत नहुँदा यो क्षेत्र अव्यवस्थित फोहोरले ढाकिएको छ । राम्रो शौचालयको व्यवस्था नहुँदा खुल्ला शौच गर्न बाध्य छन् पर्यटकहरु । उच्च हिमाली क्षेत्र भएका कारण लेक लाग्ने सम्भावना बढि हुँदा विशेष पर्यटकको चहलपहल हुने समयमा औषधि सहितको स्वास्थ्य कर्मिको आवश्यकता पनि उत्तिकै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com