ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय क्षेत्र जट्टापोखरी तथा पाँचपोखरी क्षेत्रमा पर्यटन पुर्वधारको अभाव, पर्यटकलाई सास्ती (भिडियोसहित)


एबीसी न्यूज
भाद्र २, २०७६ सोमबार  १ : ०९ बजे

 

दोलखा, २ भदौ । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा दोलखा र रामेछापको सिमा क्षेत्रमा पर्ने जट्टापोखरी तथा पाँचपोखरी क्षेत्रमा पर्यटन पुर्वधारको अभाव देखिएको छ । उकालो बाटो भएका कारण विश्रामका लागि टहरा र आवश्यकता अनुसार पानीको व्यवस्था नहुँदा यस क्षेत्रमा जाने धार्मिक पर्यटकहरुले सास्ती वेहोर्नु परेको छ ।

दोलखा र रामेछापको सिमा क्षेत्रमा पर्ने जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य भएता पनि प्रचार प्रसार र पर्यटन पुर्वधारको विकास नहुँदा पर्यटकहरुले समस्या झेल्दै आएका छन् । नम्बुर चिज सर्किट ट्रेकिङ रुट समेत रहेको यस क्षेत्रमा रामेछापको खारेबाट फोक्टे भन्ने ठाउँ सम्मको बाटोमा सिंढि निमार्ण गरीए पनि त्यस बाहेक अन्य कुनै खास काम भएको देखिँदैन । पर्यटन वर्ष २०२० लाई समेत ठूलो टेवा पु¥याउन मद्दत गर्ने सम्भावना रहेको यस क्षेत्रमा पर्यटकहरुका लागि बाटोको वीच वीचमा पानी र प्रतिक्षालयको मात्र व्यवस्था भएको खण्डमा पनि पर्यटकहरुलाई ठूलो राहत मिल्ने रामेछाप मन्थलीका गजेन्द्र खड्का बताउ“छन् ।

विशेष गरी हिन्दुधर्मलम्बीहरुको पवित्र धार्मिक स्थल समेत रहेको यो क्षेत्र धार्मिक रुपमा अत्यन्त प्रख्यात रहेको छ । परापुर्वकालमा महादेवले विष सेवन पछि पीडा हुँदा जट्टापोखरीको जल पिए पछि ठिक भएको भन्ने किम्बदन्ति रहेको छ । भने पाँच पाण्डपको परीक्षा यहि पाँचपोखरीमा भएको भनाई सुन्न पाइन्छ । जट्टापोखरीको सिधा माथिबाट डाँफे समेत उड्न नसक्ने र यदि उडेमा धार्मिक शक्तिका कारण त्यहि पोखरीमा खसेर मृत्य हुने गरेको स्थानीय चौरीपालक कृर्षक बताउँछन् । जति धार्मिक रुपमा यस क्षेत्रको महत्व छ त्यो भन्दा यहाँको भौगोलिक वातावरणले पर्यटकहरुलाई लोभ्याउने गरेको पाइन्छ । ठाउँ अत्यन्त रमाइलो भए पनि भौतिक संरचनाको अभावमा यात्रा कठिन हुने गरेको दुखेसो पोख्छन् ललितपुरको लुबुबाट पाँचपोखरी पुगेका सुनिल राजथला ।

जट्टापोखरी क्षेत्रमा पुग्ने बाटो सजिलो छैन । राजधानीबाट एक दिनको सावारी साधानबाट यात्र गरे पछि रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. १ स्थित खारे भन्ने स्थानमा पुगिन्छ । त्यस पछि एक दिनको पैदाल यात्रागरे पछि साँझ मात्र पोखरी क्षेत्रमा पुगिन्छ । तर ट्रेकिङ रुट अनुसार खारेबाट २ क्याम्पको बाटो हो । बाटो सिधा उकालो भएका कारण समस्या उत्तिकै बेहोर्नु पर्छ । पिउने पानीको लागि मात्र ३ देखि ४ घण्टाको पैदाल यात्रा गर्नु पर्ने बाध्यता पर्यटकहरुलाई छ ।

स्थानीय घङ खोलामा पानी खाए पछि करीब २ घण्टाको उकालो चढे पछि पानी पाखा पुगिन्छ । जहाँ पानीको व्यस्था छ । त्यस पछि पानी पिउनाको लागि ३ देखि ४ घण्टाको यात्रा पछि मानेडाँडा भन्ने ठाउँमा पुगिन्छ । त्यहाँ भने चौरी गोठ भएका कारण पानी सँगै चौरीको दुध दहि मोही पिउन पाइन्छ । यहाँ सम्म आइपुग्दा उकालो बाटो सकिन्छ । अब भने भिरको तेर्सो उकालो बाटो शुरु हुन्छ । यो पनि करीब ३ देखि ४ घण्टा हिँड्नु पर्ने हुन्छ । त्यस पछि जट्टापोखरी क्षेत्रमा पुगिन्छ । यात्रा गर्दा जति कठिनाई भएता पनि यस क्षेत्रमा पुगे पछि यहा“को वातावरणले सजिलै सबैको मन लोभ्याउने गर्दछ । यहाँबाट १ घण्टाको सिधा उकालो काटे पछि पाँच पोखरी क्षेत्रमा पुगिन्छ । पाँच पोखरी समुन्द्रि सतहबाट करिब ४५१४ मिटर उचाईमा पर्दछ । यहाँ लेख लाग्ने सम्भावना पनि उत्तिकै रहन्छ । यसरी यात्रा गर्दा यात्रुका सहजका लागि प्रदेश र संघीय सरकारको मात्र मुख नताकी स्थानीय तहले पनि भौतिक पुर्वधार निर्माण गरेर पर्यटन वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्नुपर्ने दोलखा जिरीका केशव कार्की बताउँछन् ।

पर्यटकीय सम्भावना बोकेर ओझेलमा परेको जट्टापोखरी तथा पाँचपोखरी क्षेत्रमा पर्यटन पुर्वधारकै कमीका कारण यात्रुहरु कष्टपुर्ण यात्रा गर्न वाध्य छन् । विशेष गरी जनैपूर्णिमाको दिन १० औ हजार मानिस यस क्षेत्रमा पुग्ने गर्छन् । तर बस्ने बासको त कुरै छाडौँ यात्रुले प्रयोग गरेको सामानको फोहोर संकलन गर्ने डस्विन समेत नहुँदा यो क्षेत्र अव्यवस्थित फोहोरले ढाकिएको छ । राम्रो शौचालयको व्यवस्था नहुँदा खुल्ला शौच गर्न बाध्य छन् पर्यटकहरु । उच्च हिमाली क्षेत्र भएका कारण लेक लाग्ने सम्भावना बढि हुँदा विशेष पर्यटकको चहलपहल हुने समयमा औषधि सहितको स्वास्थ्य कर्मिको आवश्यकता पनि उत्तिकै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com