ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीमा ३१ मतदान केन्द्र थपिए


admin

पोखरा, १२ कात्तिक ।  मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ३१ मतदान केन्द्र थपिएका छन् ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा २८८ मतदान केन्द्र कायम गरिएकामा अहिले ३१९ पु¥याइएका क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

पोखरा–लेखनाथ महानगरपालिकामा सबैभन्दा बढी २१ मतदान केन्द्र थप गरिएको छ । स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा २१० केन्द्र रहेकामा अहिले बढाएर २३१ कायम गरिएको छ ।

अन्नपूर्ण गापामा २३, माछापुच्छ«े गापामा २३, मादी गापामा २५ र रुपा गापामा १७ मतदान कायम गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

ती गापामा क्रमशः २, २, ४ र २ मतदान केन्द्र थप गरिएका छन् ।
गत साउन १ देखि भदौ ३ गतेसम्म जिल्लामा सञ्चालन गरिएको तस्वीरसहितको थप मतदाता नामावली संकलनमा जिल्लाभरबाट ३० हजार ६४१ मतदाता थपिएका थिए ।

गएको असार मसान्तसम्म जिल्लामा दुई लाख २४ हजार ८११ मतदाता कायम रहेकामा अहिले मतदाता संख्या दुई लाख ५५ हजार ४५२ पुगेको छ । यसमा पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चारजना छन् ।

प्रतिनिधि सभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं. ३ मा ८८ हजार ७१७ मतदाता छन् । प्रदेश क्षेत्र नं १ (क) मा ५० हजार २८९, (ख) मा ४५ हजार ७९५, प्रदेश नं २ (क) मा ३७ हजार ६४३, (ख) मा ३३ हजार ८, प्रदेश नं ३ (क) मा ४६ हजार २५२ र (ख) मा ४२ हजार ४६५ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगर र चार गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com