ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरबाट विद्यालय भवनका लागि रु चार लाख


admin

काठमाडौँ, १२ कात्तिक । काठमाडौँ महानगरपालिकाले बाफलस्थित बाढी प्रभावित ज्ञानोदय माविको भवन निर्माणका लागि रु चार लाख दिने भएको छ ।

विद्यालयमा राधाकृष्ण प्रतिभा पुरस्कारसहित विभिन्न पुरस्कारबाट विद्यालयका मेधावी छात्रछात्रालाई पुरस्कृत गर्न शुक्रबार आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विद्यालयको नयाँ भवनका लागि रु चार लाख दिने प्रक्रिया शुरु भएको र अन्य सहयोगका लागि पनि आफूहरु तयार रहेको बताउनुभयो ।

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सफल विद्यार्थीलाई बिदाइ गर्न आयोजित कार्यक्रममा रु १५ हजार पाँचको राधाकृष्ण प्रतिभा पुरस्कार छात्रतर्फ ओमप्रकाश शर्मा र छात्रातर्फ रञ्जु अधिकारीलाई प्रदान गरियो ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष राधाकृष्ण शर्मा पराजुलीका नाममा सो पुरस्कार स्थापना भएको हो । यस्तै ज्ञानोदय प्रतिभा पुरस्कार विज्ञान संकायका गगन पोखरेल र नेहा गुप्तालाई प्रदान गरियो । विद्यालयका प्रअ नातिकाजी महर्जनले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै बाढीबाट प्रभावित विद्यालय भवन बनाउन प्रारम्भ गरिने बताउनुभयो ।

उपत्यकामा सामुदायिकतर्फ राम्रो नतिजा ल्याउनेमा पर्ने सो विद्यालयबाट गत वर्ष १८६ विद्यार्थी एसइइ परीक्षामा सफल भएका थिए । त्यसमा ४९ जना ‘ए’ प्लस ग्रेडमा आएका थिए । उनीहरुलाई जनही रु दुई हजार पुरस्कार दिइयो । हाल विद्यालयमा दुई हजार दुई सय विद्यार्थी रहेको शिक्षक गोवन्दप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com