ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री र हाकिमले चासो नदिंदा सत्तारुढ दलकै सांसद आक्रोशित (भिडियोसहित)


एबीसी न्यूज
श्रावण २३, २०७६ बिहीबार  ४ : १६ बजे

 

काठमाडौं, २३  साउन । प्रतिनिधि सभाको मंगलबारको बैठकमा जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतले आफ्नै सरकारका एकमन्त्री विरुद्ध बयान दिए । महतले दिएको वयान धेरैका लागि सामान्य बन्छ होला, तर उनले सिंगो कर्णालीको पीडा व्यक्त गरेका थिए । कर्णाली सदरमुकाम जुम्लामा २०३८ सालमा बनेको २ सय किलोवाटको वत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दा पनि सम्बन्धीत निकाय नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले चासो नदेखाएकोमा उनको आक्रोश पोखिएका थियो । जिल्लाको समस्या समाधानका लागि उर्जामन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङसँग पटक पटक फोन सम्पर्क गरी भेट्ने प्रयास गर्दा समेत नपाएको भन्दै उनले दुवैजनालाई उनले श्री ३ महाराजको संज्ञा दिए ।

सांसद महतले संसदमा राखेको कुरा कर्णालीको यथार्थ पीडासँग सम्बन्धित त छ नै, उज्यालो नेपाल बनाउने महाअभियान शुरु गरिएको र लोडसेडिङ मुक्त नेपाल बनाउन लागिएको भन्दै भाषण गरि हिड्ने सरकारका मन्त्री र प्राधिकरण प्रमुखका लागि पनि लज्जाको विषय हो । महतको आवाज आजको दिनसम्म केन्द्रीय प्रशारण लाइन नपुगेको जुम्ला लगायत कर्णालीका जनताको प्रतिनिधि आवाज थियो ।

यसबाट प्रष्ट छ देशमा गणतन्त्र आएपनि, संघीयतामा गएपनि अथवा जसले सरकारको नेतृत्व गरेपनि कर्णालीको विकास, निर्माण र पूर्वाधानर विकासमा सरकारको ध्यान पुग्न सकेको छैन । अथवा ध्यान पुगेपनि वेवास्ता गरिदै आएको छ । किनकी, जुम्लामा बत्ति नबलेको दुइ महिना भयो । मर्मत सम्भार गर्न सकिएको छैन । विद्युत अभावमा जनताले विभिन्न दुःख, सास्ती झेल्दै आएका छन् ।
केन्द्रीय प्रशारण लाइन हालसम्म पुग्न नसकेको जुम्लामा स–साना जलविद्युत आयोजना मार्फत विद्युत विस्तार गरिएको छ । विद्युत प्राधिकरणकै आयोजना भएपनि उपभोक्ता समिति बनाएर तिनैले विद्युत वितरण गरिरहेका छन् ।

तर सामान विग्रिदा बनाउन सक्ने अवस्थामा छैनन् उपभोक्ता समितिहरु । जसले गर्दा प्रायः जुम्लाबासि अन्धकारमै छन् । जलविद्युतमा सम्पन्न भइसकेको भन्दै सरकार भारतमा विद्युत बेच्ने धक्कु लगाइरहंदा महतले कर्णालीमा बिजुली बेच्न सकारसंग माग गर्नु लज्जाकै विषय हो । जुम्लाबासी र सिंगो कर्णालीबासिले आजसम्म सरकारको केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका छैनन् । मर्मत सम्भारका निम्ति सरकार गुहार्दा आफु मातहतको आयोजना होइन भन्दै सरकार पन्छिन खोज्छ । जनताको समस्या समाधान गर्नुपर्ने सरकारले, समस्या समाधानका लागि केवल समन्वय गरिरहेको भन्ने सरकारी भाषा बोल्छ । गाउँगाउँमा सिंहदरबारको अधिकार पुराएको राजनीतिक दलहरु भाषण गर्छन् । तर कर्णालीबासीले त्यस्तो महसुस गर्न पाएका छन् । देशमा विद्युत प्राधिकरण र सरकार छ भन्ने अनुभुति हुन नसकेको बताउँदै प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले जुम्लामा विद्युत आपुर्ति गराएर सरकार हुनुको अनुभुती गराउन माग गरेका छन् ।

सरकारको भाषा भने सैद्धान्तिक पाराको मात्रै छ । यो आर्थिक वर्षमा पूर्ण रुपमा विद्युत विस्तार गर्नेगरी बजेट तथा नीति कार्यक्रम बनाएकोले देशभर सतप्रतिशत विद्युत विस्तार गरिने उर्जा मन्त्री वर्षमान पुन बताउंछन् । नीति कार्यक्रम र योजना बनाउने तर काम नगर्ने । सरकारबाट अहिलेसम्म देखिएको यही प्रवृति हो । आजको राजनीतिक परिवर्तन ल्याउन कर्णालीबासीले रगत र पसिना बगाएका छन् । काठमाडौंले ती जनताको जिवनमा पनि परिवर्तनको महसुस गराउन सक्नुपर्छ । अन्यथा, आफ्नै सांसदबाट आफ्नै दलका मन्त्रीलाई श्री ३ महाराजको विल्ला भिरिरहनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खल्तीबाट अध्यादेश

सरकार सुकुम्बासी व्यवस्थापन गर्दैछ ः रास्वपा सांसद, चौधरी, भिडियो

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com