ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला बलात्कारपछि हत्या घटना वर्षदिन पुग्यो,अझै दोषी भेटिएन, घटना रहस्यमय बन्दै (भिडियो सहित)


एबीसी न्यूज

काठमाडौं, ११ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । गएको श्रावण साउन १० मा बलात्कारपछि हत्या भएको वर्षदिन पुगेपनि अझे हत्या प्रकरण रहमस्य बनेको छ ।

कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुग्दा पनि यो घटना अझै रहस्यमय नै छ । निर्मला काण्डको अपराधी पत्ता लगाउन करिब आधा दर्जन प्रतिवेदन बनिसके तर, प्रगति भने शून्य छ । यसबीचको अवधिमा गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा २०७५ भदौमा ५ सदस्यीय छानबिन समिति बन्यो । प्रहरीका डीआईजीहरु र उच्च तहका सरकारी अधिकारी सम्मिलित यो समितिले स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन समेत बुझाईसकेको छ । तर निर्मलाको हत्यामा संलग्न पत्ता लाग्न सकेको छैन । दोषी पत्ता लगाई कार्वाही गर्न नसकेको प्रति परिवारको दुखेसो छ ।

गत वर्ष साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला बेलुका घर नफर्केपछि आमा दुर्गादेवीले छोरी खोजिन् । छोरी कतै नभेटिएपछि प्रहरीलाई आग्रह गरिन् तर, प्रहरीबाट सहयोग भएन । भोलिपल्ट निर्मलाको शव भीमदत्त नगरपालिका–१९ स्थित उखुबारीमा फेला प¥यो । बालिकाको हत्या भएको खबरपछि स्थानीयको आन्दोलनमा प्रहरीस“ग झडप हु“दा दुई प्रहरीसहित दर्जनौं स्थानीय घाइते भए । त्यसपछि हत्याको विरोधमा लगातार स्थानीयबाट न्यायका लागि दबाब कार्यक्रमहरु भई नै रहे । दबावपछि प्रहरीले भदौ ४ मा भीमदत्त नगरपालिका–१९ बस्ने दीलीपसिंह विष्टलाई दोषी करार गरेर सार्वजनिक ग¥यो । तर स्थानीयले विष्ट दोषी नभएको भन्दै प्रहरी र स्थानीय प्रमुखहरुको राजीनामा माग गर्दै पुनः विरोधेपछि प्रहरीले विष्टलाई रिहा ग¥योे ।

त्यसपछि यसको जिम्मा तीर्थ अधिकारी र एसपी कुबेर कडायतलाई दिए । सो पश्चात् भीमदत्त नगरपालिकामा कर्फ्यू लागू भयो । आन्दोलनकारी माथि गोली प्रहार हुदा स्थानीय सनी खुनाको मृत्यु भयो । अन्य कयौं घाईते भए । महिलाहिंसा विरुद्धको प्रस्तावमा यो मुद्धामा सांसदहरुले समर्थन जनाए । निष्पक्ष छानबिन नगरेको भन्दै विवादित बनेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन ग¥यो । मन्त्रिपरिषद्को बैठकले निर्मला पन्त र खुनाको परिवारलाई १०–१० लाख दिने निर्णय ग¥यो । अनुसन्धानक्रममा प्रहरीबाट पक्राउ परेका रोशनी र बबिता बम पनि ३० हजार धरौटीमा रिहा भए । हत्याको वर्षदिन पुगेपनि दोषी पत्ता लगाउन प्रहरी प्रशासन असक्षम जस्तै भएको छ । यद्यपी सरकारले यस्तो जघन्य अपराधको विरुद्धमा सबै लाग्नुपर्ने आग्रह गर्दै दोषी पत्ता लगाएरै छोड्न आश्वासन दिन्छ सरकार ।

निर्मलाका आमाबुवा दुर्गादेवी र यज्ञराजलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, खानेपानीमन्त्री बिना मगर र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत न्यायका लागि आश्वासन भने नदिएका हैनन् तर, अझै पनि अपराधी पत्ता लाग्न नसक्दा निर्मलाका परिवारको घाउ दिनानुदिन थप बल्झिदै गएको छ । न्यायका लागि निरन्तर नागरिक दबाब हु“दा पनि निर्मलाले न्याय नपाउदा देशको सुरक्षामाथि प्रश्नै प्रश्न छन् । निर्मला प्रकरणले छोरीचेली निर्धक्क भएर बा“च्न पाउने वातावरण नभएको डर र भयको सन्देश दिएको छ यसर्थ राज्यले दोषीको यथाशिघ सार्वजनिक गरि सुरक्षाको वातावरण सुनिश्चित गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com