ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटाको चुनावी परिणाम : एमालेले कसलाई कति मतले हराए ?


admin
असार १९, २०७४ सोमबार  ४ : २६ बजे

धनकुटा, १८ असार । जिल्लाका सबै स्थानीय तहमा नेकपा एमाले विजयी भएका छन् ।

धनकुटामा तीन नगर र चार गाउँपालिकाका गरी कुल सात स्थानीय तह रहेका छन् । तीमध्ये धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङले चार हजार ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश राईले चार हजार ८१९ मत प्राप्त गर्नुभयो ।

उपप्रमखुमा एमालेकै सकुन्तला बस्नेतले पाँच हजार ११२ मत प्राप्त गरी विजयी भएकी छिन् । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी रेणु श्रेष्ठले तीन हजार ३९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।

यसैगरी पाख्रिबास नगरपालिकाका प्रमुखमा विर्खबहादुर राईले चार हजार ४३९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका इन्दिरा थापाले एक हजार ६२८ मत प्राप्त गरेकी छिन् ।

उपप्रमखुमा एमालेकी देवकला पौडेल तिम्सिनाले चार हजार ४२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८३३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै महालक्ष्मी नगरपालिका प्रमुखमा पर्शुराम नेपालले चार हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँगे्रसका अग्नि पौडेलले तीन हजार १७६ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी मञ्जु अधिकारीले चार हजार ५२४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेससँग तालमेल गरेका राप्रपाका महेन्द्र निरौलाले दुई हजार १५६ मत प्राप्त गर्नुभयो ।

यसैगरी खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको अध्यक्षमा मनोज राईले चार हजार ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का भरतसिंह राईले एक हजार ५७९ मत प्राप्त गर्नुभएको हो ।
उपाध्यक्षमा एमालेकै रत्नश्वरी राईले तीन हजार ९१६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामकुमारी राई एक हजार ५३४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, चौविसे गाउँपालिकाको अध्यक्षमा खजिन्द्र राईले तीन हजार ७८२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका हर्क चेम्जोङले तीन हजार २७९ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै यज्ञकुमारी रुचालले तीन हजार ६९६ मत प्राप्त गरी विजयी भएकी छिन् । उहाँका निकटतम् प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका उपेन्द्र लावतीले दुई हजार ६९९ मत प्राप्त गरिन् ।

यसैगरी छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बूले तीन हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका विष्णु पारघरीले एक हजार ५३१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठले तीन हजार २८९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका गीता लिम्बू खेवाले दुई हजार ७३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै साँगुरीगढी गाउँपालिका अध्यक्षमा कुमारजङ्ग याखाले चार हजार ४४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका जितेन्द्र राईले तीन हजार ३३३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै विन्द्रा राईले चार हजार ३२९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्दी संङ्घीय समाजवादी फोरमका बलबहादुर राईले दुई हजार २७० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानीको सहारा लिइयो– शंकर पोखरेल

सरकार व्यवसायीमैत्री हुनुपर्छ, ५ वर्षलाई ‘निर्यात वर्ष’ घोषणा गरौँः सांसद बराल

सम्बन्धित

उपचारका लागि विदेशमा छौँ, हाम्रोबारे भ्रामक प्रचारबाजी भयो–देउवा

प्रधानमन्त्री बालेन शाहको विदेशी कूटनीतिज्ञहरूलाई १२ सन्देश(सचित्र)

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

जेनजी आन्दोलन र रास्वपाको उदय षड्यन्त्रको हिस्सा : नेकपा नेताहरूको निर्वाचन समीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com