ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको राजनीतिक दस्तावेज प्रकाशनको तयारीमा (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं, २४ असार । अन्ततः नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले एक वर्षदेखि थाँती राखेको राजनीतिक दस्तावेज अब प्रकाशित हुने भएको छ । दस्तावेज प्रकाशित गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेपछि दस्तावेज प्रकाशनमा जान लागेको हो । दस्तावेज प्रकाशनमा पठाउनुपूर्व आइतबार प्रधानमन्त्री निवासमा दुई अध्यक्षबीच छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले सोमबार दस्तावेज प्रकाशनमा पठाइने बताइसकेका छन् । एकवर्षदेखि पूर्ण रुपमा सहमति भएर पनि प्रकाशन हुन नसकेको दस्तावेज प्रकाशनमा पठाउन लागेको भन्दै अध्यक्ष प्रचण्डले सन्तोष व्यक्त गरेका थिए । पार्टीको राजनीतिक दस्तावेज सार्वजनिक नहुँदा नेकपाभित्र अन्यौल बढेको थियो ।

दस्तावजेका आधारमा तय गरिएको राजनीतिक कार्यदिशाका विषयमा अलमल हुँदा नेता कार्यकर्ताहरु पार्टीको प्रतिरक्षासम्म गर्न नसक्ने अवस्थामा पुगेका थिए । राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, सिद्धान्त, सङ्गठनात्मक नीति र विधिबारे नेताहरुले आफुखुशी व्याख्या गर्दै आएका थिए । कुन नेताले भनेको सही हो, कुन पार्टी लाईन हो, कुन होइन भन्ने बारेमा निकै अलमल थियो । दस्तावेज प्रकाशन भएसँगै नेकपाको यौटा अन्यौल हट्ने छ । यो अन्यौल पार्टी एकतालाई नै प्रभाव पार्ने खालको थियो ।

नेताहरुले आफुखुशी पार्टी लाइनबारे व्याख्या गर्दा नेकपा पार्टी नभै संयुक्त मोर्चा जस्तो देखिएको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनुपूर्व नै राजनीतिक प्रतिवेदनमा सहमति भएको थियो । तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको कार्यदलले पार्टी एकीकरणको मूल दस्तावेज तयार गरेको थियो । कार्यदलले आफ्नो प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाएपछि पार्टी एकता घोषणा पूर्व २०७४ चैत २० गते तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर दुवै पार्टीको केन्द्रीय कार्यालयमा छलफलका लागि पुर्याइएको थियो ।

राजनीतिक प्रतिवेदनमा रहेका केही असहमतिलाई पछि मिलाउँदै जाने सहमतिका साथ जेठ ३ गते पार्टी एकीकरण घोषणा भएको थियो । यस अघि नै एबीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलको सम्पादनमा प्रकाशित ऐतिहासिक एकताका आधारहरु नामक पुस्तकमा त्यो दस्तावेज प्रकाशित भएको छ । त्यो दस्तावेज संग्रहको नेकपाको ७० औं पार्टी स्थापना दिवसका अवसरमा गत बैशाख ९ गते हजारौं नेता कार्यकर्ताका बीचमा दुवै अध्यक्षले विमोचन गरेका थिए । त्यो दस्तावेज संग्रहमा २०४७ देखि २०७५ जेठ ३ गतेसम्मका समान खाले दस्तावेज र दुई दलबीच भएका सहमति र सम्झौता समेत संलग्न रहेका छन् । यो पुस्तकमा प्रकाशित दस्तावेजलाई नै दुवै अध्यक्षहरुले यसअघि नै अनुमोदन गरिसकेका थिए । अर्थात, राजनीतिक दस्तावेजमा जे लेखिएको थियो, पार्टीको नामबाट औपचारिक प्रकाशन त्यही नै हुंदैथियो ।

प्रतिवेदनमा मदन भण्डारीले प्रतिवपादन गरिएको जनताको बहुदलीय जनवादको आधारभूत सारतत्वलाई स्वीकार गरिएको छ । यस्तै, माओवादीले भन्दै आएको २१ शताब्दीको जनवादका कैयौं विषय पनि यो प्रतिवेदनमा समावेश भएका छन् । बुटवलमा भएको तत्कालिन नेकपा एमालेको आठौं महाधिवेशनले पुंजीवादी क्रान्ति सम्पन्न भएको निस्कर्ष निकाल्दै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने निस्कर्ष निकालेको थियो । माओवादीको हेटौंडामा भएको आठौं महाधिवेशनले समेत पुंजीवादी क्रान्ति आधारभूत रुपमा पुरा भएको निकाल्दै समाजवादी बाटोमा अघि बढ्न उत्पादनमा जोड दिने निर्णय गरेको थियो । अध्यक्षद्वयबीच पूर्वसहमतिअनुसार समाजवाद उन्मुख जनताको जनवाद पार्टी कार्यदिशालाई नै अघि बढाउने सहमति गरेको छ । तर, आगामी महाधिवेशनमा बहुदलीय जनवाद र माओवादीले भन्दै आएको २१औं शताब्दीको जनवादको विषयमा भने छलफल हुनेछ ।

पार्टी एकीकरण भएको एकवर्ष बित्दा पनि राजनीतिक प्रतिवेदन प्रकाशनमा नआउँदा पार्टी पंक्तिबाटै आवाज उठेको थियो । राजनीतिक प्रतिवेदनकै अभावमा हुंदा पार्टीको बैठक समेत बस्न सकेका छैनन । कहिलकाहीं बस्ने पार्टी सचिवालय बैठकको कार्यसूचिमा प्रतिवेदनको बहस हुन्थ्यो । गत, जेठ २० देखि २२ गतेसम्म बसेको पार्टीको सचिवालय बैठकमा नै राजनीतिक प्रतिवेदन विषयमा टुङ्गो लगाउने प्रयास भएको थियो । तर, त्यहाँ सहमति बन्न नसकेपछि अध्यक्षद्वय ओली र प्रचण्डलाई बैठकले जिम्मेवारी सुम्पेको थियो । झन्डै एक महिनाको गृहकार्यपछि दुवै अध्यक्षले पूर्वसहमतिलाई स्वीकार गर्दै प्रतिवेदन प्रकाशनका लागि पठाउन सहमत भएसंगै अब नेकपाको वैचारिक बाटो तय हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com