काठमाडौ, २२ असार । मुलुकमा एकातिर संसदमा एक्लो दलको लगभग दुई तिहाइको सरकारको छ । अर्कोतिर ७० वर्षदेखिको क्रान्ति पूरा भयो भनेको असोजमा ४ वर्ष पुग्दैछ । तर त्यही जगमा बहुमत लिएर आएको सरकारले डेढ वर्ष पनि बिताउन नपाउँदै अस्थिरताका आशंका उब्जन थालिसकेको अवस्था रहेको छ ।
यस्तो आशंकाको एकमात्र स्रोत त्यही दल बन्दैछ, जसले निर्वाचनका समयमा मुलुमा स्थिरता दिन्छु भन्ने वाचासहित बहुमत मत बटुलेको थियो । केही हप्ता यताका राजनीतिक उपक्रम, प्रतिक्रिया र विचारले पैदा गरेको अस्थिरताको आशंकाको उब्जाएको छ ।
इतिहासको लामो र फरक विरासत बोकेका दुई वामपन्थी दल दुईजना नेताको निकै कसरत पछि मा ‘ऐतिहासिक’ एकतामा आउन सम्भव भएको थियो । नेकपा नेतृत्वले गएका केही हप्तादेखि आफैले राजनीतिक अस्थिरताको मनोवैज्ञानिक माहोल सिर्जना गर्दैछ । यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल संग एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा सरकारले गएका डेढ वर्षमा गरेका उपलब्धी के के छन् र सरकारका चुनौति के के छन् यिनै विषयमा गरिएको कुराकानी ।
भिडियो ।
प्रतिक्रिया दिनुहोस्