ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूटान कसरी बन्यो संसारकै सबैभन्दा खुसी र विकसित देश, कारण यस्तो..


एबीसी न्यूज
असार १९, २०७६ बिहीबार   ३ : ३६   बजे

काठमाडौ । संघिय राजधानी काठमाडौं धुलो धुवाँ र प्रदूषणले आक्रान्त छ । हामीले नै गरिब ठान्ने देश भुटान भने संसारकै प्रदूषण मुक्त र संसारकै सबैभन्दा खुसी देश हो । यो उपलब्धीमा जति योगदान सरकारी नीतिको छ उत्तिकै योगदान यहाँका नागरिकको पनि छ ।

यो देशको सुन्दरता देखेर संसारभरबाट पर्यटक यहाँ पुग्छन् । भुटानका चर्चित चिन्तक तथा ग्रोस नेशनल ह्याप्पिनेस सेन्टर भुटानका प्रमुख डा. सांगडू क्षेत्रीका अनुसार भुटानका नागरिक प्रकृतिलाई भगवान मान्छन् । यहाँ आज पनि परिवारका कैयौं पुस्ता एउटै घरमा प्रकृतिको चिन्ताका साथ रहन्छन् । भुटानको कूल गार्हस्थ उत्पादन नेपालको भन्दा निकै कम छ । तर, यहाँका नागरिक प्रसन्न, सन्तुष्ट छन् र प्रकृतिसँग प्रेम गर्दै, जीवनको मूल्य बुझ्दै अगाडि बढिरकेका छन् ।

५ कारणले गर्दा भुटान संसारकै खुसी देश बन्न सकेको हो ।

जंगलको संरक्षण – भुटानको सबैभन्दा ठूलो शक्ति यहाँको जंगल हो । भुटानलाई संसारको सबैभन्दा हराभरा देश मानिन्छ । भुटानको कूल भूभागको ७० प्रतिशत भूभागमा जंगल छ । प्रकृतिले घेरिएको भुटानलाई संसारमा सबैभन्दा धेरैअक्सिजन उत्पादन गर्ने देश मानिन्छ । उच्च पर्वत, नदीको सफा पानी र हरियाली यहाँको विशेषता हो । यहाँ जति कार्बन उत्पादन हुन्छ त्यो सबै यहाँका जंगलले नै नष्ट गरिदिन्छन्। यही खुबीका कारण भुटान प्रदूषण रहित छ । जंगल जोगाउन यहाँको सरकार मात्र होइन नागरिक पनि उत्तिकै योगदान दिन्छन् ।

२० वर्षदेखि प्लाष्टिकमाथि प्रतिबन्ध – प्लाष्टिक कतिसम्म खतरनाक हुन्छ भन्ने कुरा भुटानले धेरै पहिले बुझिसकेको थियो । सन् १९९९ मा नै यहाँ प्लाष्टिकका कैयौं सामानमा प्रतिबन्ध लगाइएको थियो । २० वर्ष पछि अहिले पनि हाम्रो देशमा भने प्लाष्टिक छ्याप्छ्याप्ती छ जसका कारण हाम्रो देशमा प्रदूषण फैलिएको छ । उता भुटानमा भने प्लाष्टिक प्रतिबन्धको नियमलाई यहाँका हरेक नागरिक अभियानजस्तै मान्छन् र कडाइका साथ त्यसको पालना गर्छन् ।

सूर्तिजन्य पदार्थविरोधी कानुन बनाउने पहिलो देश – भुटानका अधिकांश नीति यस्ता छन् जसले पर्यावरण र नागरिकको स्वास्थ्य राम्रो राख्न सहयोग पुर्याउँछन् । धुम्रपान र सूर्तिजन्य पदार्थसँग भुटानको लडाइँ निकै पुरानो हो । झण्डै ३ सय वर्ष पहिले सन् १७२९ मा सूर्तिजन्य पदार्थ रोक्न कानुन बनाउने पहिलो देश भुटान थियो । १९९० मा यहाँ धुम्रपान र सूर्तिजन्य पदार्थविरोधी अभियान अझै कडा भयो । फलस्वरुप भुटानका २० जिल्ला धुम्रपानमुक्त जिल्ला घोषित भइसकेका छन् । २००४ मा पूरै देशमा धुम्रपानमाथि प्रतिबन्ध लगाइयो । कानुनअनुसार धुम्रपान र सूर्ति सेवन गर्दा पक्राउ परेमा सिधै जेल जानुपर्छ र जमानत हुँदैन ।

हरियाली बढाउने रेकर्ड बनायो – भुटानको हरियाली र स्वच्छताको चर्चा विश्वभर छ । देशलाई अझै हराभरा बनाउनको लागि २०१५ मा ‘सोसल फरेष्ट्री डे’को अवसरमा भुटानमा १०० जवानको टिमले मिलेर १ घण्टामा ४९ हजार ६७२ बिरुवा रोपे । एकैपटक सर्वाधिक बिरुवा रोपेको भुटानको यो विश्वरेकर्ड गिनिज बुकमा दर्ता भयो । यस पटक अघिल्लो रेकर्ड तोड्दै पहिलेभन्दा १० हजार बढी बिरुवा रोपियो । २०१५ मा हजारौं नागरिकले भुटानका राजा रानीको पहिलो सन्तान राजकुमार ग्यालसेको जन्मदिन १ लाख ८ हजार बिरुवा रोपेर मनाएका थिए ।

पर्यावरण दिवसमा पैदल दिवस मनाउने पहल – गत वर्ष भुटानमा विश्व पर्यावरण दिवसलाई पैदल दिवसको रुपमा मनाउने पहल गरिएको थियो । भुटानको यातायात विभाग ‘रोयल भुटान पुलिस’को निर्देशनअनुसार देशभर शहरी क्षेत्रमा यातायात बन्द थियो । सडकमा आपतकालीन वाहनलाई मात्र चल्न दिइएको थियो । यो निर्देशनलाई यहाँका नागरिकले कडाइका साथ पालना पनि गरे ।

देशमा कुनै पनि वृद्धाश्रम छैन – रोचक कुरा त के भने भुटानमा एउटा पनि वृद्धाश्रम छैन र यहाँका नागरिकले आफ्नो समाजमा यस्तो ठाउँ हुनु हुँदैन भन्ने मान्छन् । भुटानका चिन्तक डा. सांगडू क्षेत्री भन्छन् – यो समाजको लागि कलंक हो । नकारात्मक विचारसँग जोडिएर रहँदा प्रसन्नता नआउने उनको तर्क छ । परिवार एकसाथ रहँदा प्रसन्नता आउने भन्दै यहाँ कसैले पनि वृद्धवृद्धालाई वृद्धाश्रम पठाउने कुरा मान्दैनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

कांग्रेसको प्रतिक्रिया– आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल आउँदैन

अब बिजुलीमा पनि भ्याट लाग्ने

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group