ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुउद्देश्यीय आयोजनामा ध्यान देऊ– सांसद


एबीसी न्यूज

 

काठमाडौं, ४ असार । प्रतिनिधिसभाको आजको बैठकमा बूढीगण्डकी र पश्चिम सेतीजस्ता ठूला र बहुउद्देश्यीय आयोजना तत्काल अगाडि बढाई राष्ट्रिय अर्थतन्त्रको विकासमा लाग्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

दुवै आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । पश्चिम सेती जलविद्युत् आयोजना लामो समयदेखि अलपत्र छ । लगानी बोर्डले संयोजन गरिरहेको सो आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजले छाडे पनि कुन ढाँचामा अगाडि बढाउने भन्नेबारेमा कुनै निर्णय हुन सकेको छैन । बोर्डले आयोजनाको उपयुक्त ढाँचा तय गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले प्रतिवेदन तयार पारे पनि लगानीको ढाँचाका बारेमा उपयुक्त निर्णय भएको छैन ।

कूल ७५० मेगावाट क्षमताको सो आयोजनाको उपयुक्त ढाँचा खोजी गरी निर्माण प्रक्रिया शुरु गर्ने तयारीमा सरकार छ । कतारको एक कम्पनीले आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरे पनि थप प्रक्रिया अगाडि नबढेका सन्दर्भमा नेकपाका प्रेमबहादुर आलेले प्रतिनिधिसभाको आजको बैठकमा भन्नुभयो “ तत्काल पश्चिम सेती जलविद्युत् आयोजना शुरु गर्नुपर्छ । यसले प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्छ ।”

सांसद आलेले विद्युत् सङ्कट समाधानका लागि भारतबाट करीब रु १९ अर्ब बराबरको विद्युत् आयात भइरहेका सन्दर्भमा बूढीगण्डकी जलविद्युत् आयोजना तत्काल निर्माण शुरु गर्न आग्रह गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा उपलब्ध विद्युत् क्षमता बराबर नै एउटै आयोजना बूढीगण्डकी भएकाले तत्काल मुआब्जा वितरण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बूढीगण्डकी जलविद्युत् आयोजना बहुउद्देश्यीय आयोजना भएकाले तत्काल शुरु गर्दा त्यसले राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभव पार्नेछ भन्दै उहाँले कुनै पनि अर्थमा ढिलाइ नगर्न आग्रह गर्नुभयो । सांसद सत्यनारायण खनालले बूढीगण्डकी बहुउद्देश्यीय आयोजनाका लागि कम बजेट विनियोजन गरिएकामा गुनासो गर्नुभयो । स्थानीयवासी आयोजना अगाडि बढाउन सकारात्मक भए पनि सरकारले नै ढिलाइ गरेको भनी उहाँले आपत्ति जनाउनुभयो । आयोजना प्रतिस्पर्धामा दिन सकिएको भए सस्तोमा नै निर्माण हुन सक्ने भए पनि सरकारले विनाप्रतिस्पर्धा दिएर कमजोरी गरेको सांसद खनालको भनाइ थियो ।

पूर्व ऊर्जामन्त्रीसमेत रहनुभएका नेकपाका राधाकुमारी ज्ञवालीले बूढीगण्डकी आयोजनामा भइरहेको ढिलाइप्रति गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “ बूढीगण्डकी आयोजना यतिखेर धेरै अगाडि बढिसकेको हुनुपर्ने थियो तर आयोजनामा बजेट नै छैन ।” उहाँले विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको आयोजनालाई अगाडि बढाउन अर्थ मन्त्रालयले थप बजेट उपलब्ध गराउन कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।

सत्तापक्षकै आक्रोश

सामान्यता सत्तापक्षका सांसदले सरकारले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०७६’ मा समर्थन गर्ने प्रचलन हुन्छ तर प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षकै सांसदले ‘ श्रम रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय’को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै त्यसको विरोध गर्नुभयो । नेकपाका जनार्दन शर्माले सरकारले पश्चिम रुकुमलाई उपेक्षा गरेको बताउनुभयो । उहाँले बजेट विनियोजन प्रक्रिया नै गलत भएको तथा कुनै जिल्लामा बढी बजेट र कुनै जिल्लामा कम बजेट विनियोजन गरेर असमान व्यवहार गरिएको भनी आपत्ति जनाउनुभयो ।

नेकपाकै राजेन्द्रप्रसाद गौतमले पनि आफ्नो जिल्लामा बजेट नपरेकामा गुनासो गर्दै हिमाली जिल्लालाई किन उपेक्षा गरिएको हो भनी प्रश्न गर्नुभयो । यस्तै नेकपाका गणेशकुमार पहाडीले योजना छनोट प्रक्रिया नै गलत भएकाले प्रभावकारी रुपमा काम हुन नसकेको बताउनुभयो । उहाँले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा भइरहेको ढिलाइप्रति गुनासो गर्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com