ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति


एबीसी न्यूज
चैत्र ३०, २०८२ सोमबार  ८ : ४९ बजे

काठमाडौं, ३० चैत्र । सरकार बनेको १७ दिनपछि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्रीहरूले आफ्नो सम्पत्तिमा करोडौँ मौजदात, घरजग्गा, सेयरमा लगानी देखाएका छन्।

कतिपय मन्त्रीले बाख्रा, कुखुरा र कुकुर समेत आफ्नो सम्पत्तिका रूपमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँग सबैभन्दा बढी नगद मौज्दात र सुन रहेको पाइएको छ। घरजग्गा बढी अर्थमन्त्री स्वर्णिम वाग्लेको देखिएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ र उद्योगमन्त्री गौरीकुमारी यादवसँग पनि उत्तिकै बढी सम्पत्ति देखिएको छ।

कुन मन्त्रीको कति छ त सम्पत्ति ?

प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री बालेन्द्र शाहसँग नगद मात्र एक करोड ४६ लाख रूपैयाँ रहेको छ।

फेसबुक, युट्युब, टिकटक लगायतबाट बालेन्द्रले आम्दानी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।

यस्तै, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी र हिराका गहना रहेको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहनाको स्रोत उनले पैत्रिक सम्पत्ति भनेका छन्।

काठमाडौँ महानगरपालिका ९ मा ध्रुवदेवी शाहको नामा ५ आना र धनुषामा १।२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ।

अन्य सम्पत्तिको नाममा उनले फेसबुक, युट्युब र टिकटक खाता रहेको उल्लेख गरेका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्ले
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग १२ करोडभन्दा बढीको घर जग्गा रहेको विवरण सार्वजनिक भएको छ।

वाग्लेले ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, भैँसेपाटीमा ५ करोडको जग्गामा बनेको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र बन्दीपुरमा २ करोडको जग्गा छ।

यसैगरी, सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर रहेको उल्लेख गरेका छन्। अर्थमन्त्री वाग्लेले सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर रहेको उल्लेख गरेका छन्। अपर मादी खोला हाइड्रोमा ३ करोडको सेयर रहेको विवरण बुझएका छन्।

नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख, ठूलो खोलमा ६० लाखको सेयर रहेको विवरणमा उल्लेख छ।

परराष्ट्रमन्त्री शिशिर खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले २२ तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका छन्।

यस्तै, तनहुँको भानु नगरपालिकामा पैतृक सम्पत्तिबाट १५ रोपनी जग्गा पाएको उल्लेख गरेका छन्। पूर्वनवलपुरको देवचुलीमा १३ रोपनी जग्गा खरिद गरेको खनालले उल्लेख गरेका छन्।

उता, नेपालगन्जमा दुई कठ्ठा जग्गा र विभिन्न कम्पनीमा सेयर रहेको पनि खुलाएका छन्।

जसअन्तर्गत पिक एन्ड ड्रपमा ३३ प्रतिशत, रिक्पा इन्टरनेसल प्रालिमा शत प्रतिशत, ताजा एग्रो फार्ममा १६ प्रतिशत, बीपीडब्लू माइक्रो फाइनान्समा २५६० कित्ता सेयर रहेको मन्त्री खनालले विवरणमा लेखेका छन्।

यस्तै, ओम मेगाश्री फर्मास्युटिकल्स ५ हजार कित्ता र र १०९ कित्ता तथा ग्लोबल आईएमई बैंकमा ५० कित्ता सेयर रहेको खुलाएका छन्। मन्त्री खनालले अच्युता अधिकारीको नाममा विभिन्न बैंकमा रहेको नगद रकम पनि खुलाएका छन्।

उनको नाममा ४० लाख रूपैयाँ पर्ने एउटा गाडी रहेको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको काठमाडौँमा दुई वटा घर छन्। वीरेन्द्रभक्त श्रेष्ठको नाममा काठमाडौँ महानगरपालिका–२४ मा २ आना तथा विकास श्रेष्ठको नाममा काठमाडौँ–१३ मा ४ आना जग्गामा घर रहेको छ।

यस्तै, सुन र चाँदी १५÷१५ तोला रहेको विवरणमा उल्लेख छ। उनीसँग विभिन्न बैंकमा गरी ७८ लाख ९८ हजार ५४४ रूपैयाँ ३३ पैसा नगद छ।

१ करोड ४५ लाख ४८ हजार ४२० रूपैयाँको २० हजार ९७८ कित्ता सेयरका अलावा उनीसँग ल्यान्ड क्रुजर गाडी, इलेक्ट्रिक गाडी र एउटा स्कुटर पनि छ।

गृहमन्त्री सुधन गुरुङ
सार्वजनिक विवरण अनुसार गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रूपैयाँ मूल्यको सेयर रहेको छ।

सुधन आफ्नै नाममा होप होल्डिङ्स प्रालिको ३० हजार थान सेयर ९खरिद मूल्य ३० लाख०, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको ५७ हजार थान ९खरिद मूल्य ५७ लाख०, धितोपत्र बजारमा कारोबार हुने सेयरहरू २ करोड ७४ लाख ५६ हजार २०० रूपैयाँ बराबरको, एडभेन्चर भिल्ला प्रालिको सेयर ७० हजार थान ९खरिद मूल्य ७० लाख० रहेको छ। यी सबै सेयर खरिद व्यवसाय र पैत्रिक सम्पत्तिबाट किनेको गृहमन्त्री गुरुङको दाबी छ।

यस्तै, ८९ तोला सुन र ६ किलो चाँदी गृहमन्त्री गुरुङसँग छ। उनीसँग नगद मौज्दात ६१ लाख बढी देखिएको छ। लक्ष्मी बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ र सानीमा बैंकमा १ हजार ५७४ रूपैयाँ मौज्दात छ।

लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ४७ लाख ९९ हजार रूपैयाँ बराबरको गाडी गएको असोजमा खरिद गरेको खुलेको छ।

यस्तै, आफ्नो नाममा धनकुटाको कार्कीछापमा ५ मा १९ रोपनी १५ आना, पिताको नाममा चितवनको भरतपुर १८ मा ३० कट्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी रहेको छ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालसँग जमुना लम्सालका नाममा रूपन्देहीमा १ कट्ठा १० धुरमा बनेको घर छ। जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कट्ठा १५ धुर जग्गा र बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी छ।

९० लाख रूपैयाँ बैंक ब्यालेन्स रहेका लम्सालले ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरेका छन्।

कानुनमन्त्री सोविता गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग काठमाडौँ र चितवनमा दुई वटा घर छन्। श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौँ क्षेत्र नं ३ मा र सासू आमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको सार्वजनिक भएको विवरणमा उल्लेख छ।

गौतमले ५ वटा बैंकमा १० लाख ५० हजार ३३५ रूपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छन्। उनले १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। उनको र श्रीमानको नाममा छुट्टाछुट्टै गाडी छन्।

गौतमका नाममा २६ लाख र श्रीमान गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रूपैयाँको गाडी छ। यी दुवै सवारी खरिद गर्दा ४५ लाख ऋण लिएको र बाँकी रकम तलब र पुरानो गाडी साटेको विवरणमा उल्लेख छ। यस्तै एउटा स्कुटर पनि उनीहरूसँग छ।
ग्लोब ट्रट हिमालय टुर्स एन्ड ट्रेक्स प्रालिमा ५० प्रतिशत सेयर गौतमको छ। सोपान मल्टिपल कम्पनीको ६ हजार ५०० कित्ता सेयर छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी पाएको विवरण सार्वजनिक गरेकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार उनीसँग एनआईसी र प्रभु बैंकमा १५ लाख रूपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन्।

मन्त्री वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ। उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन्।

सामान्य प्रशासनमन्त्री प्रतिभा रावल
संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पनि आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।

काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा मन्त्री रावलका नाममा छ। उनले यी जग्गाको स्रोत श्रीमान्को आय भनेकी छन्।

रावलसँग २५ तोला सुन र बैंकमा २४ लाख रूपैयाँ बचत रहेको छ। उनीसँग ४४ लाखको गाडी पनि छ। २० लाख रूपैयाँ एभरेष्ट बैंकबाट ऋण लिएको उल्लेख छ।

स्वास्थ्यमन्त्री निशा मेहता
स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी छ।

काठमाडौँको सौखेलमा ७ आना जग्गा छ। यस्तै, १७ लाख २३ हजार ५३५ रूपैयाँ नगद, २४० कित्ता सेयर छ। उनले २५ लाख रूपैयाँ पर्ने गाडी चढ्ने गरेकी छन्।

शिक्षामन्त्री सस्मित पोखरेल
सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र उनको परिवारका नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा छ।

२५ तोला सुन, १०० तोला चाँदी भएका पोखरेलको बैंक खातामा ४ लाख ४७ हजार ९९४ रूपैयाँ मौज्दात छ।

बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूको नाममा करिब ३० लाख बराबरको सेयरमा लगानी छ। बुवा रमेशकुमारको राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रूपैयाँ बराबर छ। बुबा राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई उनले यसको स्रोतको रूपमा देखाएका छन्।

आमा मीनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रूपैयाँ बराबरको सेयर छ। मन्त्री पोखरेलले आफ्नो र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण बुझाएका छन्।

हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ।

बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

सम्पत्ति विवरणमा कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख उल्लेख छ। उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रूपैयाँ बराबरको छ।

पर्यटनमन्त्री खडकराज पौडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेलको भाउजूको नाममा पोखरा महानगरपालिका–१४ मा २ करोड ६० लाख रूपैयाँको घर रहेको छ भने आमाको नाममा पोखराका तीन ठाउँमा १८३०।६७ वर्गमिटर जग्गा रहेको छ।

यस्तै, २१ तोला सुन र पाँच तोला चाँदी रहेको छ। मन्त्री पौडेलले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा विभिन्न बैंक र सहकारीमा गरी २२ लाख ७३ हजार २२ रूपैयाँ नगद देखिएको छ।

उनको विभिन्न कम्पनीमा १८ हजार १५२ कित्ता सेयर छ। उनले बैंक र सहकारीमा गरी एक करोड ४० लाख रूपैयाँ ऋण देखाएका छन्।

मन्त्री पौडेलसँग एउटा जिप र दुईवटा स्कुटर छन् भने विभिन्न कम्पनीमा २ करोड २५ लाख रूपैयाँ लगानी रहेको देखाएका छन्।

सञ्चारमन्त्री विक्रम तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले ४७ लाख रूपैयाँ अरुलाई ऋण दिएका छन्। बलराम लामिछानेलाई १५ लाख र केशव राईलाई ३३ लाख रूपैयाँ ऋण दिएको उल्लेख छ।

यस्तै उनको खातामा १० लाख २४ हजार ३६५ रूपैयाँ मौज्दात छ। मञ्जु गैरेको खातामा १० हजार २१ रूपैयाँ मौज्दात छ। उनीसँग ५ तोला सुनका गहना, १० तोला चाँदी र ५० हजारको मोती माला छ। मञ्जुको नाममा काठमाडौँको नागार्जुनमा एउटा घर र जग्गा छुट्टै पनि छ। यस्तै उनीसँग २३ लाख रूपैयाँको गाडी पनि छ।

कृषिमन्त्री गीता चौधरी
कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी छ। सरकारले सार्वजनिक गरेको विवरण अनुसार उनको हाल घर नभए पनि आफ्नो नाममा बर्दियामा ३० लाख मूल्यको जग्गा र रूपन्देहीमा श्रीमान सुनिल चौधरीको नाममा पैतृक सम्पत्तिको जग्गा छ। मन्त्री चौधरीसँग विभिन्न बैंकमा रहेका खातामा एक लाख २६ हजार रूपैयाँ मौज्दात छ। विभिन्न कम्पनीका सेयर, ३ लाख ३० हजारको स्कुटर छ। यस्तै २ वटा बाख्रा र १० वटा कुखुरा माइतबाट उपहार पाएको उनले उल्लेख गरेकी छन्।

६५ हजारको ल्यापटप, ९० हजारको मोबाइल र ५० हजार रूपैयाँको घडी पनि उनीसँग छ। यी सबै आफ्नै कमाइबाट किनेको उनको दाबी छ।

उद्योगमन्त्री गौरीकुमारी यादव
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी चौधरीको काठमाडौँ महानगरपालिका ९ मा तीन तले घर छ। यस्तै काठमाडौँ महानगरपालिका १० मै तीन ठाउँमा १४ आना, ७ आना र ९ आना बढी जग्गा छ। महोत्तरीमा पनि चार ठाउँमा उनकै नाममा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेकी छन्। ८ बिगा बढी जग्गा र एउटा पोखरी छ।

प्रधानमन्त्री बालेन शाहपछि धेरै सुन उनीसँग छ। चौधरीसँग १८० तोला सुन, २ किलो चाँदी र हिराका गहना छन्। उनको विभिन्न बैंकका खातामा १० लाख रूपैयाँ नगद मौज्दात छ। यस्तै ३ करोड ३८ लाख ३५ हजार ९०८ रूपैयाँ बराबरको सेयर उनीसँग छ। एक करोड ६१ लाख ८७ हजार ऋण लिएको उल्लेख छ। हुन्डाईको एउटा गाडी पनि छ। यस्तै बिग मार्टलाई जग्गा भाडामा दिएकी छन्। जसबाट ९० हजार मासिक भाडा प्राप्त गर्छिन्।

श्रममन्त्री रामजी यादव
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग सप्तरीको राजविराज नगरपालिका ९ मा ११ कट्ठा १३ धुर जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।

यस्तै राजविराजमै विभिन्न ठाउँमा २९ कट्ठा ३३ धुर जग्गा रहेको छ।

यस्तै ८० तोला सुन र १५० तोला चाँदी भएको यादवले सम्पत्ति विवरणमा खुलाएका छन्।

उनीसँग विभिन्न बैंकमा ७० लाख नगद छ। उनले २ लाख ७० हजारको मोटरसाइकल रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

सम्बन्धित

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

विश्व बजारमा आज कच्चा तेलको मूल्यमा तिब्र बृद्धि

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पको आदेश, विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com