ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा काँग्रेस–बाम गठबन्धनको कडा प्रतिस्पर्र्धा हुने


admin

बाजुरा, ७ कात्तिक । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौ तहमा छ स्थानीय तह जितेको नेपाली काँग्रेस र तीन तह जितेको नेकपा (एमाले)बीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कडा प्रतिस्पर्र्धा हुने भएको छ ।

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्न थालेपछि संयुक्त बाम गठबन्धन र नेपाली काँग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा नेपाली काँग्रेसले पार्टी सभापति कविराज पण्डितलाई अगाडि सारेको छ भने नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) गठबन्धनले एमालेका केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसका कविराज पण्डितको नेतृत्वमा चार नगरपालिका र दुई गाउँपालिकाको प्रमुख उपप्रमुखसहित कार्यपालिकाको नेतृत्वसमेत काँग्रेसले गर्दै आएको छ भने तीन गाउँपालिकामा एमालेले नेतृत्व गर्दै आएको छ ।

संयुक्त बाम गठबन्धनले बाजुराको प्रतिनिधिसभा र प्रदेशसभाको नेतृत्व लिने होडबाजी गर्न थालेको पाइएको छ । स्थानीय सरकारमा रहेको नेपाली काँग्रेसले जनताको काम गर्न नसक्ने भन्दै बाम गठबन्धनको जित अपरिहार्य रहेको एमाले तथा माओवादी केन्द्रका नेताले बताएका छन् ।

जिल्लाको विकास निर्माण कार्य र समृद्ध बाजुरा बनाउनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा काँग्रेसले जित्न अपरिहार्य रहेको काँग्रेस नेताको भनाइ रहेको छ । काँग्रेसले दुवै क्षेत्रमा र प्रतिनिधिसभामा विजयी भएपछि विकास निर्माणलाई बढी प्राथमिकतामा राख्दै जिल्लामा आर्थिक समुन्नतिमा लैजाने योजना रहेको काँग्रेसले बताएको छ ।

नेपाली काँग्रेसलाई छ स्थानीय तह र जिल्ला समन्वय समिति जितेको गर्व छ । त्यही गर्व तोड्नका लागि बाम गठबन्धन कडारुपमा चुनावी मैदानमा उत्रन लागेको छ । तीनै पार्टीका बैठकले चुनावी रणनीति तय गर्न थालेको एक स्रोतको दाबी रहेको छ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभामा नेपाली काँग्रेस बाम गठबन्धनसँग एक्लै लड्ने भएको छ । प्रतिनिधिसभाका लागि बाजुरामा नेकपा माओवादी केन्द्र) कमजोर भएका कारण एमालेका नेतालाई प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनाइएको छ । माओवादी केन्द्रका समर्थक रहेर उम्मेदवारी दर्ता गराइएको छ ।

नेपाली काँग्रेसले प्रदेशसभाका लागि निर्वाचन क्षेत्र १ (क) मा पूर्व भूमिसुधार सहायकमन्त्री जनकराज गिरीलाई उम्मेदवार बनाएको छ भने एमाले र माओवादी केन्द्रले एमाले पार्टी सचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ (ख) मा नेपाली काँग्रेसले महासमिति सदस्य पदमबहादुर शाहीलाई प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ भने संयुक्त बाम गठबन्धनले एमाले वैकल्पिक केन्द्रीय सदस्य प्रकाशबहादुर शाहलाई माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनाई मनोनयन दर्ता गराएको छ ।

प्रतिनिधिसभाका लागि नेपाली काँग्रेस र संयुक्त बाम गठबन्धनका दुवै उम्मेदवार बलिया देखिएका छन् । सँगै अधिवक्ता भएका पण्डित र थापा जिल्लामा लोकप्रिय बन्दै गएका छन् । थापा एमालेको जिल्ला अध्यक्ष भएका बेला २०७० सालको संविधानसभाको चुनाव एमालेले जितेको थियो भने पण्डित काँग्रेसको पार्टी सभापति भएपछि नौ स्थानीय तहका छ स्थानीय तहसहित जिल्ला समन्वय समिति जिताएका छन् ।

प्रदेशसभाका उम्मेदवार निर्वाचन क्षेत्र नं १ मा राम्रै परिचित रहेका जनकराज गिरी र बाम गठबन्धनका रेग्मी तिव्र प्रतिष्पर्धामा रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र २ मा पनि शाही र शाह उत्तिकै परिचित छन् ।

लामो समयदेखि राजनीतिमा लागेका काँग्रेसका उम्मेदवार शाही जनतामाझ लोकप्रिय छन् भने शाह भने मिलनसार र इमान्दार मानिन्छन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँग्रेस र संयुक्त बाम गठबन्धन आफ्नो चुनावी रणनीति बनाई कडारुपमा मैदानमा उत्रने देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com