ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्तमान vs पूर्वराज्यमन्त्री चुनावी मैदानमा


admin

बैतडी, ७ कात्तिक । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा बर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।

अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहनुभएका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका नेता नरबहादुर चन्द प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चुनावी मैदानमा उत्रिनु भएको छ ।

यस्तै, बाम गठबन्धनबाट साझा उम्मेदवार रहेको नेकपा (एमाले)का नेता पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी पनि प्रतिनिधिसभाको लागि बैतडीमा चुनावी मैदानमा उत्रिनु भएको छ । पूर्व अर्थराज्यमन्त्री भण्डारी केपी ओली प्रधानमन्त्री रहँदा अर्थ राज्यमन्त्री हुनुभएको थियो ।

यसअघि विसं २०७० मा सम्पन्न भएको संविधानसभा निर्वाचनमा दुवैजना बैतडीबाट निर्वाचित हुनुभएको थियो । बैतडीमा २०७० सालको संविधानसभा निर्वाचनको बेला २ निर्वाचन क्षेत्र रहेका थिए । भण्डारी क्षेत्र नं १ बाट विजयी हुनुभएको हो भने चन्द क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । दुवै गठबन्धनका उम्मेदवार भएकाले कडा प्रतिस्पर्र्धा हुने अनुमान गरिएको छ । दुवै उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

सारा कम्युनिष्ट एक भएर आएकाले सारा लोकतान्त्रिक शक्ति एक भएर प्रतिनिधि र प्रदेशसभामा लड्नुपरेको वाणिज्य राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार नरबहादुर चन्दको भनाइ छ ।

देशमा जारी गरिएको संविधानलाई कार्यान्वयन गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजवादको दिशातर्फ अघि बढ्न आफूहरुको उम्मेदवारी भएको बाम गठबन्धनबाट एमालेका प्रतिनिधिसभा उम्मेदवार दामोदर भण्डारीको भनाइ छ ।

बैतडीमा नेपाली काँग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादी केन्द्रले बाम गठबन्धनसहित उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी, प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा (राष्ट्रवादी) बाट त्रिलोकबहादुर चन्दले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनका साथै अन्य दलले पनि उम्मेदवारी दर्ता गराएका छन् । बैतडी क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हरिमोहन भण्डारी, बाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेमप्रकाश भट्ट, जनसमाजवादी पार्टी नेपालका तर्फबाट भगीरथसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी, बैतडी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका गणेश चन्द, बाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का लीलाधर भट्टले उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । क्षेत्र नम्बर २ मा भने बाम र लोकतान्त्रिक गठबन्धनबाहेक अरुले मनोनयन दर्ता गराएका छैनन् ।

बैतडीमा अरु पार्टीले पनि प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएको भए पनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेसले प्रदेश नं ७ मा पहिलो चरणअन्तर्गत निर्वाचन हुने जिल्लामध्ये बैतडीमा मात्रै राप्रपासँग तालमेल गरेको हो ।

एमालेले भने पहिलो चरणमा निर्वाचन हुने प्रदेश नं ७ का चार जिल्लामध्ये बैतडी, दार्चुला, बझाङमा तालमेल गरेको छ भने बाजुरामा एमालेले सबै आफ्ना उम्मेदवार उठाएको छ ।

बैतडीमा छ दलले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एकलाख ३२ हजार ३१७ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ क्षेत्र निर्धारण गरिएको छ ।

नयाँशक्तिले बाम गठबन्धनलाई सहयोग गर्ने

केन्द्रमा लोकतान्त्रिक गठबन्धनमा सामेल भएकोे नयाँशक्ति पार्टीले बैतडीमा बाम गठबन्धनलाई चुनावमा सहयोग गर्ने भएको छ ।

एमाले, माओवादी केन्द्र र नयाँशक्तिको सोमबार बसेको बैठकले बाम गठबन्धनलाई चुनावमा सहयोग गर्ने सहमति गरेको छ । एमालेका जिल्ला सचिव लीलाधर भट्ट, माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट र नयाँशक्तिका जिल्ला संयोजक कृष्णप्रसाद बडूद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा उपयुक्त समयमा जिल्लास्तरमा पार्टी एकीकरण गर्ने समेत उल्लेख गरेको छ ।

नयाँ समाजवादी क्रान्तिको माध्यमबाट देशको विकासका लागि प्रगतिशील बामशक्ति एक हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । योसँगै एमाले र माओवादी केन्द्रको बाम गठबन्धनमा नयाँशक्ति पार्टी मिसिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com