काठमाडौँ, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्तिपुर्ण प्रर्दशनमा प्रहरी दमन भएको भन्दै सरकारको जवाफ माग गरेपछि राष्ट्रियसभाको सोमबारको पहिलो बैठक अवरुद्ध भएको छ ।
राष्ट्रियसभाको सोमबारको बैठकमा कांग्रेसका राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले गुठीयार र सरोकारवालाले गरेको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरि घाईते बनाउने र नियन्त्रणमा लिने काम गरेको भन्दै प्रहरी दमको भत्र्सना गर्नुभयो । शान्तिपुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाउने संविधानप्रदत्त अधिकार विरुद्ध सरकार दमनको शैलीमा अघि बढेको भन्दै उहाँले त्यसबारे सरकारको जवाफ माग गर्नुभयो । घटनाबाटर गृहमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभाको सोमबारको पहिलो बैठक अवरुद्ध भएको थियो ।
सोमबार नै बसेको दोश्रो बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आजकै बैठकमा घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन लगाउने आश्वासन दिएपछि बैठक कार्यसुचीमा प्रवेश गरेकोे छ । अहिले आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै राट्रियसभा सदस्यहरुले आ आफ्नो धारणा राखिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्