इद मुवारक !

शारदा शर्मा
2019-06-05 07:23
शारदा शर्मा

शारदा शर्मा

बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए ।

उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो । मैले मान्छेमा हुने हरेक कुरा उनमा पनि देखें । मेरा दाजु र उनी संगसंगैका थिए । उनी मेरो दाजु भन्दा पनि राम्रो थिए । थाहा थिएन जातभातको लेपन लगाएर हाम्रो सम्वन्धलाई कमजोर बनाइन्छ भन्ने । सानो शहर भित्रको एउटा स्कुलका बिद्यार्थी थियौं हामी कतिखेर माया प्रेम बस्यो थाहानै भएन । चनाचटपटे खान स्कुलको गेटबाट बाहिर निस्कने समय हाम्रो भेट हुन्थ्यो ।

कलास एउटा नभए पनि हामी पानीपुरी र चनाचट्पटे खान संगै निस्कन्थ्यौ । स्कुलमा पनि आ–आफ्नै मिल्ने समूह थियो । रमिला र मन्जु मेरा मिल्ने साथी थिए । हामीलाइ कुनै जातपात मतलबै थिएन । रुझानको बाबा आमाको कस्मेटिक पसल थियो । कलासको उ पहिलो बिद्यार्थी हरेक कुरामा एक्टिभ थियो उ , समय कसरी बित्यो पत्तै भएन । रुझानले एसएलसी दियो, म दश कक्षामा पढ्थे । सायद यतिबेलासम्म हामी भित्र एकअर्का प्रतिको लगाब अलि बढदै गएछ क्यारे उ स्कुल आउन छोडेपछि मलाइ अलि खल्लो लाग्न थाल्यो । हुन त हाम्रो डेरा नजिकै उनीहरुको पसल भएकोले पनि बेलुकी बेलुकी चिसो हावा खाने बहानामा हामी त्यही बाटो हुँदै हिड्थ्यौ । मेरा साथीहरुले अब मलाइ जिस्क्याउन थालिसकेका थिए । खै किनहो मलाइ पनि उनीहरुको कुरा सुनेर रिस उठ्दैनथ्यो।

रुझानले पहिलो श्रेणीमा एसएलसी पास गर्यो । सायद हाम्रो स्कुलबाट त्यतिबेला पहिलो श्रेणीमा पास गर्ने उ मात्र थियो । स्कुलमा उसको चर्चा झनै हुन थाल्यो ।पढाइ र ट्यालेन्सीलाइ उसको जात र थरले कुनै असर गरेको थिएन । उ पनि हामी जस्तै पुर्ण मान्छे थियो । निधारमा जात भात र थर नलेखिएकै एउटा सक्षम मान्छे, योग्य र केही गर्न सक्ने जुझारु । साँच्चै जीवन अनेक खण्डालहरुको संगमनै हो भन्दा फरक नपर्ला । स्कुल सकेपछि उ पढन काठमाडौं गयो । म सानो शहरमा थिए । एकबर्ष पछि मेरो पनि स्कुल सकियो । एसएलसी पास गरेपछि मलाइ पनि दाइ संगै काठमाडांै पठाइयो । उनीहरु संगै पढ्ने बिद्यार्थी थिए । मलाइ सजिलो भयो । काठमाडौ आएपछि उसले बिज्ञान लिएर प्राइभेट कलेज पढाईसुरु गरेको थियो कलेज संगै नभएपनि दाइ र उसको राम्रो सम्पर्क थियो ।

यो एक बर्षमा मैले उसलाई तीनपटक मात्र बिदामा घर जादा भेटेकी थिए । फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो । काठमाडौं आए पछि हाम्रो भेट बाक्लिदै गयो । मेरा स्कुले साथीहरु पनि यहि शहरमा भविष्य खोज्न आएको कारण हाम्रो प्रेमलाइ आकार लिन झनै सजिलो भयो । उमेर संगसंगै हामी हाम्रो पढाइ र जिम्मेवारी प्रति पनि सजक थियौ । डाक्टर बनिसकेको रुझान संग मैले जीवन र जिन्दगीका लामा सपना बुन्दा मलाइ थाहै भएन उ मुसलमान र म बाहुन भन्ने कुरा । हरेक पटक हामीले हाम्रा भगवनसंग यो झुठो जातपातको दुनियाँले कतै हाम्रो सवन्धलाई कमजोर बनाइदियो भने पनि तिमीले फैसला गर्नेछौँ भनेर मठ मन्दिर, मस्जिद र चर्चहरुमा पनि जाने गरेका थियौं । सायद कलियुगका भगवान आफै कमजोर थिए उनले हाम्रो कुरा सुन्न मात्र हैन हाम्रो सम्वन्ध बुझन पनि सकेनन् ।

दाइको बिहे नगर्दै बाले मेरो बिहेको कुरा गर्न थाल्नु भयो । हामीले सबैकुरा आ–आफ्नो परिवारमा भनेर बिहे गर्ने निर्णय ग¥र्यौ । बिदामा घरगएको समय घुम्दै शहरको माथिल्लो पट्टी पुगेपछि कुनै पनि हालतमा नछुटिने बाचा गर्दै हामीले कसम खायौं । समाजमा जात भातका कुरा उठिरहन्थे । मेरी हजुरआमा अलि कट्टरनै थिइन । मुसलमान भनेपछि हामीले छोइछिटो गर्नु पर्ने समाजमा के हाम्रो सम्वन्धले आकार लिन पाउँला रु हामी घन्टौ यहि बिषयमा कुरा गथ्र्यौँ । बुझ्ने भैसकेका हामीलाइ जातभातको कुनै प्रभाव थिएन तर हाम्रो सम्बन्धको तगारो बनेको थियो जातभात र थर ।

त्यसदिन बेलुकी मलाइ हेर्न पल्लो गाउका मास्टर आउदै थिए । खै किनहो घर फर्किने मननै थिएन। उसलेनै भनेर म घरमा आए । एकातिर उसंगको सम्वन्ध अर्कोतिर बिहेको लागि घरमा गरिएको यो कर्मकाण्ड के भन्ने मलाइ डर लागेको थियो । चिया लिएर उनीहरुको अगाडि पठाइयो, मलाइ शिर देखि पाउसम्म हेरे । सायद मास्टरले कुनै खोट देखेनन् क्यारे दुबैजनाले कुरा गर भन्दै भित्र पठाए । पातलो शरीर शलक्क परेको राम्रो मान्छे थिए उनीपनि । लाजै नमानी सरासर मैले सानै देखिको आफ्नै साथीजस्तै सम्झेर हाम्रो सम्बन्धका सबैकुरा सुनाउदा खै किन हो उनले पनि आँशु टपक्कै झारे । तिमीले जे भन्छ्यौ मलाइ स्वीकार छ भन्दै उनी उठ्दा म तीन छक परे । त्यसदिन उनीहरु गए, मैले सबैकुरा नडराइ घरमा सुनाए । रुझानसंग बिहे गर्ने कुरा गरे । तर समाजको इज्जत प्रतिष्ठाको कुरा देखाउदै बाले आत्महत्या गर्छु भन्नुभयो । मलाइ डर लाग्यो, बाको मृत्यु अगाडि तेर्साएर मेरो सम्बन्धको गला रेटियो ।

समाज बिचित्रको छ आ–आफ्नो स्वार्थ अनुसार यहाँ हरेक कुराको ब्याख्या हुने गर्छ । आज इद मुवारक भन्दै अनेक जात जातीले संजालमा पोष्ट गरेका छन् । हरेक चाडपर्वमा मानिसहरु शुभकामना आदान–प्रदान गरेका छन् । मठ मन्दिर ,मस्जिद, चर्च सबैमा गएकै छन् तर किन जातभातको कुरा उठाएर आज पनि मान्छेहरु प्रति यति धेरै विभेद छ रु यहाँ मान्छे मान्छे एउटैै हुन किन सकेको छैन अझैपनि रु आजपनि उसलाई निकै सम्झिएं । सायद मान्छे मान्छेमा विभेद नभएको भए आज हामी संगै हुनेथियौँ । समाजले मलाइ डराउन दियो या म समाजसंग डराए ? फोनमा घन्टी बज्यो हेलो इद मुवारक उसको गला अबरुद्ध भयो सायद उ रुझान थियो । उनले सुनाउदै थिइन मेरो मोवाइमा पनि म्यासेज आयो इद मुवारक ।

    Comment Here!


सम्बन्धित समाचार

View All