ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र दिवस भव्यतापूर्वक मनाउन तयारी


एबीसी न्यूज


काठमाडौं, ५ जेठ । नेपाल सरकारले यस वर्षको गणतन्त्र दिवसलाई भव्यतापूर्वक मनाउन विभिन्न तयारी थालेको छ । प्रचारप्रसार उपसमितिका संयोजकका हैसियतले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम तय गर्नुपर्ने बताउनुभएको छ ।

आज अपरान्ह् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सभाकक्षमा आयोजित उपसमितिको बैठकमा उहाँले यही जेठ १५ गतेका दिन मनाइने ११ औँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्रका लागि गरिएका संघर्षहरु र गणतन्त्र प्राप्तिपछि जनताले हासिल गरेका उपलब्धिलाई जोड दिने गरी आम जनता माझ कार्यक्रम लैजान आग्रह गर्नुभयो । सो अवसरमा मूल समारोह समितिले निर्धारण गरेका कार्यक्रमका अतिरिक्त थप आकर्षक र शैक्षिक महत्वका कार्यक्रम तय गरिएका छन् ।

यसै दिवसलाई लक्षित गरी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहयोगमा रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक सूचना नेटवर्क र नेपाल विज्ञापन सङ्घलगायतले विशेष कार्यक्रम निर्माण गरी प्रचारप्रसार गर्नेछन् । मन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसमितिमा राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरणलगायतका निकायका प्रमुख सदस्य छन् । –––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com