ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीगण्डकी करिडोर गण्डकी प्रदेश भएरै जानेछ : मुख्यमन्त्री गुरुङ


admin
बैशाख २८, २०७६ शनिबार  १० : ३५ बजे

काठमाडौ,२८ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पार्नुभएको छ ।

करिडोरको रूपमा कालीगण्डकीको पूर्वी र पश्चिमी भागबाट समानान्तर रुपमा सडक निर्माण भइरहेको बेला पर्वतको फलेबास नगरपालिकाले शुक्रबार आयोजना गरेको मेयरकप खेलकूद प्रतियोगिता कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश भएरै करिडोर जाने स्पष्ट पार्नुभएको हो ।

“गण्डकी प्रदेशको सबैभन्दा महत्वपूर्ण सडक भएका कारण प्रदेश भएरै नेप्चुङदेखि त्रिवेणीसम्म कालीगण्डकी नदीको किनारैकिनार भएर जान्छ ।” उहाँले भन्नुभयो, “अब वारिपारी भनेर विवाद गर्नुहुन्न, प्रदेशले आफ्नो सडक आफ्नै क्षेत्र भएर लैजान्छ ।” प्रदेशले शालिग्राम करिडोरको रुपमा मुस्ताङदेखि त्रिवेणीसम्मै सडक बनाउने प्रस्ताव अघि बढाएको र यस वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम अघि बढाइएको उहाँको भनाइ थियो ।

शालिग्राम करिडोर सम्पन्न गर्न सङ्घीय सरकारसँग अनुरोध गर्ने तर आवश्यक परेको अवस्थामा प्रदेशले समेत लगानी गरेर भए पनि सम्पन्न गराइछाड्ने उहाँको भनाइ थियो । पश्चिम किनारबाट पनि सडक बनेको र त्यसलाई सम्पन्न गराउनेतर्फ पनि प्रदेशले जोड दिने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

सङ्घीय सरकारको नीति तथा कार्यक्रममा कालीगण्डकी डाइभर्सन परियोजना अघि बढाउने कार्यक्रम आएको बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो क्षेत्र सुख्खा पारेर नदी डाइभर्सन गर्न नदिइने कुरा दोहो¥याउनुभयो ।

उहाँले कालीगण्डकी नदी गण्डकी प्रदेशको मुख्य नदी भएकाले यसलाई डाभर्सन गर्न गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ भन्नुभयो । “कालीगण्डकीको तल्लो तटीय क्षेत्र सुख्खा पारेर डाभर्सन गर्न दिइन्नँ”, “यो परियोजना अघि बढाउन गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ ।” सांसद पदम गिरीले यातायातमा रहेको सिन्डिकेट र अहिले भइरहेको जग्गा दलालीको अन्त्यमा सरकार लागि परिरहँदा अनर्गल प्रचार भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई ढोका खोल्न इप्पानको माग

ऊर्जा विकास विना समृद्धिको कल्पना गर्न सकिँदैन, १० वर्षका लागि विशेष कानून चाहियोः इप्पान अध्यक्ष कार्की

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com