ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलामको फाकफोकथुम गाउँपालिकामा काँग्रेस विजयी


admin

इलाम, १९ असार । इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रामकुमार श्रेष्ठले चार हजार १४२ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीपेन्द्र खनालले तीन हजार ९७८ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी सरस्वती राई (सरू) ले चार हजार २४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी डालाकुमारी कार्की (विष्ट) ले तीन हजार ९८७ मत प्राप्त गर्नुभयो ।

फाकफोकथुम गाउँपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो । वडा नं २ को वडाध्यक्षमा काँग्रेसका यामबहादुर पौडेल ५३७ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो भने वडा–३ को वडाध्यक्षमा काँग्रेसका राजन पौडेलले ७०७ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो ।

वडा–४ मा एमालेका वडाध्यक्षका उम्मेदवार हरिप्रसाद दङ्गाली ८७५ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो । वडा–५ मा एमालेकै सिद्धमान आले ४७६ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको छ ।

वडा–६ मा वडाध्यक्षका उम्मेदवार काँग्रेसका डिकबहादुर थापा ४४६ र नेकाकै पहिलो खुल्ला सदस्य रोमनाथ चम्लागाईं तथा एमालेबाट तीन सदस्य विजयी भएका छन् ।

वडा–७ मा एमालेका लोकबहादुर गोदार (थापा) ६२२ प्यानलसहित विजयी हुनुभयो । १३ हजार ७३३ मतदाता रहेको यस गाउँपालिकामा १० हजार ८७ मत खसेको थियो । मतपरिणाम सार्वजनिक गरेर जनप्रतिनिधिलाई आजै प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com