ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामपा खुला मञ्चको संरचना भत्काउने पक्षमा


एबीसी न्यूज

काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा अतिक्रमण गरी खडा गरिएको संरचना भत्काउने पक्षमा देखिएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानसहितको टोलीले आज दिएको ध्यानाकर्षणपत्र बुझ्दै कामपा प्रमुख शाक्यले अतिक्रमण गरी बनाइएको सबै संरचना भत्काउने तयारी भइरहेको स्पष्ट गर्नुभयो । कामपाले नै उक्त सटर निर्माण गर्न अनुमति दिएको जनाउँदै ध्यानाकर्षणपत्रमा भनिएको छ, “सार्वजनिक रुपमा राखिएको व्यावसायिक सटरहरु तत्काल हटाउनुपर्छ सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ । ” प्रमुख शाक्यले ‘खुला मञ्च’ को समस्या समाधान गर्न उपप्रमुखले असहयोग गरेको जिकिर गर्नुभयो ।

गत चैत २४ गते भएको नगरसभामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उपप्रमुख हरिप्रभा खड्गीलाई उक्त संरचनाबारे स्थलगत जानकारी लिन आग्रह गरे पनि नमानेपछि अहिले उहाँहरुबीच विवाद चुलिएको बताइएको छ । प्रमुख शाक्यले उपप्रमुख खड्गीले खुलामञ्चमा राजनीति गरिरहेको आरोप लगाउँदै भन्नुभयो,“अनुगमन संयोजक उपमेयर भएको हिसाबले कानूनी रुपमा नै उपमेयरलाई अनुगमनको जिम्मा रहेको छ । खुला मञ्चमा केही समयका लागि बसपार्क राख्न दिइएको हो, त्यो पनि म निर्वाचित भएर आउनुअघि नै हो, जे भए पनि ती संरचना भत्काइन्छ ।” प्रमुख उपप्रमुख विवाद उपप्रमुख खड्गीले भने आफूलाई प्रमुखले आधिकारिक रुपमा खुला मञ्चको अनुगमन गर्ने जिम्मा नदिएको र फोनमा त्यस स्थानमा के भएको रहेछ बुझ्नुस् मात्रै भनेको राससलाई बताउनुभयो ।

नगरसभाको केही दिनपछि केही सटर बनिरहेको र केहीमा पसलसमेत सञ्चालन भइरहेको बारे प्रमुखलाई भन्दा त्यति चासो नदिएको उपप्रमुखको आरोप छ । उपप्रमुख खड्गीले भन्नुभयो, “आज आधिकारिक रुपमा चिठ्ठी पाएको छु, आगामी आइतबार बैठक बसी अनुगमन शुरु गरिन्छ ।” राजधानीको खुला मञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल यही वैशाख मसान्तसम्म हटाउन स्थानीयवासीले कामपालाई समयावधि दिएका छन् । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौता विपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलित बनेका हुन् । यसै विषयलाई लिएर स्थानीयवासीले बिहीबार विरोध प्रदर्शनसमेत गरे ।

हाल काठमाडौँ भ्यू टावर निर्माण गरिरहेको उक्त बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाई भाडामा लगाएको छ । ठाउँ उपलब्ध गराएवापत कम्पनीले प्रत्येक व्यापारीबाट प्रतिसटर रु १५ लाखसम्म उठाएको छ । खुलामञ्चसँगै रहेको दुईमाजू गुठीको करीब एक रोपनी जग्गा पनि अतिक्रमण गरी व्यापारिक प्रयोजनमा लगाइएको पुष्टि भएको छ । कामपका प्रवक्ता ईश्वरमान डङ्गोलले यसरी सार्वजनिक जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग हुनु दुःखको विषय हो भन्दै आवश्यक अनुगमनपछि ती सबै संरचना भत्काइने बताउनुभयो ।

अनुमति नलिई र नक्शा पास नगरी कामपाभित्र यस्तो कुनै पनि भवन वा संरचना बनाउन नपाइने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनमा अनुमति विपरीत र नियम मिचेर बनाइएका भवन तथा संरचना कामपाले तत्काल भत्काउन सक्ने व्यवस्था छ । यदि अवैधानिक रुपमा भौतिक संरचना निर्माण भएको भए रु पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्थासमेत कानूनमा छ । तत्कालीन कामपा प्रमुख तथा प्रशासकीय अधिकृत रुद्रसिंह तामाङले त्यतिबेला आफूले टावर बनाउने कम्पनीलाई बढीमा एक वर्षको समयका लागि मात्रै खुलामञ्च दिएको बताउनुभयो ।

सार्वजनिक खुला क्षेत्रमा महानगरको सहमतिविना व्यापारिक प्रयोजनमा सटरहरु निर्माण गर्न नपाइने भन्दै तामाङले खुला मञ्चमा सार्वजनिक शौचालय, बस काउन्टर र एउटा शहरी सेवा केन्द्रबाहेक अन्य खोल्ने गरी आफूले अनुमति नदिएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

उपस्थित हुन भन्दै दिलभूषण पाठकका नाममा साइबर ब्यूरोले जारी गर्‍यो सूचना

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब हिरासतमै रहने

धरानमा दिनभर तनाव : प्रमुख-उपप्रमुखबीच चर्काचर्की, समर्थक झडपमा

यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com