ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पाको ‘फेवाताल’ बन्दै रामपुरको तालपोखरा


admin

रामपुर (पाल्पा), २५ असोज ।  झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

रामपुर आउने जो कोही पनि तालपोखरा अवलोकनका निम्ति पुग्ने गर्छन् । रामपुर नगरपालिका–६ मा अवस्थित वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्को दिने तालको रुपमा परिणत गरिएपछि पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको हो ।

तालपोखरा क्षेत्रलाई यहाँका केही स्थानीय युवाले पर्यटकीय क्षेत्रका रुपमा परिकल्पना गरी यसको विकास गर्दै जाँदा अहिले यो क्षेत्र रामपुरकै पर्यटकीय क्षेत्रको गन्तव्यस्थल बन्न पुगेको छ ।

बिहान, दिउँसो, साँझ जुनसुकै बेला पनि यहाँ अवलोकन गर्न र रमाउन आउनेको जमात अहिले बढ्दो छ । झण्डै ७० रोपनी क्षेत्रफलमा रहेको तालपोखरा पहिले पानी जम्मा हुने पोखरी रहेको थियो । यसको विकास र प्रवद्र्धन भएको खण्डमा यसले रामपुरकै पर्यटकीय भविश्यको लागि एक खम्बा बन्ने परिकल्पना गरेर यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सफल भएको परिकल्पनाकार एवं तालपोखरा संरक्षण समितिका अध्यक्ष देवराज देवकोटाले बताउनुभयो ।

युवाको नेतृत्वमा रामपुरवासीको सहयोगमा तालपोखराको पर्यटन विकासका लागि महायज्ञ सञ्चालन गरेर आर्थिक रकम संकलन गरी अहिले पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात बनेको अध्यक्ष देवकोटा बताउनुहुन्छ ।

“भविष्यमा तालपोखरा पोखराको फेवातालजस्तै पर्यटन प्रवद्र्धनका लागि रामपुरको मेरुदण्ड बन्नेछ” उहाँले भन्नुभयो । अहिले यहाँ अवलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल निकै बढ्दो छ । दैनिकजसो १०० भन्दा बढी आन्तरिक पर्यटकले तालपोखरा क्षेत्र अवलोकन गर्ने गरेको उहाँले बताउनुभयो ।

विसं २०६६ देखि यहाँ पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउन थालिएको हो । अहिले फेवातालको झल्कोस्वरुप चारैतिर ताल बिचमा मन्दिर स्थापना गरिएको छ ।

तालको बिचमा रहेको मन्दिर वरिपरि पर्खाल, पोखरी व्यवस्थापन, मन्दिरको साइडमा तीन ठाउँमा पूजाआजाका लागि प्रवेशद्वार, तालमा लैजाने पानी व्यवस्थापनका लागि नाली निर्माण, पार्क निर्माण, विवाह, व्रतबन्ध, वनभोजको व्यवस्था, पोखरी प्रवेशद्वारलगायतका काम सम्पन्न भइसकेको समितिका लेखापाल पुरुषोत्तम ढकालले जानकारी दिनुभयो । अहिलेसम्म यहाँ झण्डै रु एक करोड १० लाख बराबरको काम सम्पन्न भइसकेको छ ।

तालपोखरा वरिपरी चारैदिशामा घेराबार, दीर्घकालीनरुपमा पानीको व्यवस्थापन गरेपछि डुंगा सञ्चालन शुरु गरिने तयारी गरेको ढकालले बताउनुभयो । अबको दुई वर्षभित्रमा बाँकी काम सम्पन्न हुने उहाँले बताउनुभयो ।

तालपोखराको पर्यटन प्रवद्र्धनका लागि रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७२÷०७३ मा टर्मिनल खरिदका लागि रु एक लाख, २०७३÷०७४ मा तालपोखरा प्रवेशद्वार निर्माणका लागि रु एक लाख र ०७४÷०७५ मा रु तीनलाख रकम विनियोजन गरेको समितिका अध्यक्ष भरतराज देवकोटाले जानकारी दिनुभयो ।

तालपोखरामा डुंगा सञ्चालन गरेर पोखरीको बिचमा रहेको मन्दिरमा पूजाआजा र पोखरी वरिपरि डुंगामा सयर गर्ने व्यवस्था छिट्टै नै सञ्चालन गर्नसके यहाँ दिनहुँ ठूलो आम्दानी हुनेछ । डुंगा सञ्चालन शुरु गरेपछि यहाँ दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com