ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपा एकताको गृहकार्य शुरु


admin

काठमाडौँ, २४ असोज ।  विभिन्न अवसरका लागि जुट्ने तथा सामान्य विषयमा झिनो मत बाझिँदा प्रतिष्ठाका कारण देखाउँदै फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूह पछिल्लो पटक मुलुकमा देखिएको राजनीतिक धु्रवीकरणका कारण पुनःएकताबद्ध हुनका लागि गृहकार्यमा छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको तालमेल र निर्वाचनपछि एकता गर्ने घोषणाले भविष्यमा पार्टीको सबलताका लागि एकीकरण गर्न अनौपचारिक रुपमा पार्टीका नेताले छलफल शुरु गरेका
छन् ।
अहिले डा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी), पशुपतिशम्शेर जबराको राप्रपा(प्रजातान्त्रिक) र कमल थापाको राप्रपा अस्तित्वमा छन् । ती पार्टीका शीर्ष नेतृत्वले मुलुकको राष्ट्रियता र सामाजिक एकताका साथै पार्टीको अस्तित्वका लागि एकीकरण गर्न एकार्काप्रति आग्रह गर्नुभएको छ ।

एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा लोहनीले पार्टीले लिएका वैचारिक दृष्टिकोणमा प्रष्ट भएर कार्यकर्ताको उचित मूल्यांकन गर्ने परिपाटीको विकास भएमा एकता सम्भव रहेको बताउनुभयो ।

उहाँको विद्वता र राजनीतिक अनुभवसँग वामपन्थी तथा लोकतान्त्रिक दुवै गठबन्धनका तर्फबाट सहयोग मागिएको भए पनि लोकतान्त्रिक गठबन्धनतर्फ उहाँको निकटता पाइएको छ ।

दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई सहजपूर्वक स्वीकार्नुभएका राणा र डा लोहनीलाई छाडेर मुलुकमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा वकालत गर्दै आउनुभएका थापाले देशको राजनीतिक विकास क्रममा परिवर्तनको एक दशकभित्र ठूलो फड्को मार्दै दुई पटक उपप्रधानमन्त्रीको जिम्मेवारी वहन गरिसक्नुभएको छ ।

विगतका त्रुटि तथा कमजोरीलाई सच्याएर ‘पूर्वपञ्च’ एक ढिक्का भई मुलुकको समृद्धि तथा समाजतर्फको यात्रालाई समुन्नत बनाउन सकिने राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो ।

वामपन्थी गठबन्धनबाट राजनीतिमा नयाँ तरङ्ग पैदा भएपछि लोकतान्त्रिक दलमा पनि ध्रुवीकरणको पहल शुरु भइसकेको छ । राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री सुनिल थापाले लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि विभिन्न रुपमा बाँडिएका राप्रपाको एकताको प्रयास भइरहेको जानकारी दिनुभयो ।

पूर्वपञ्च पनि साना दलमा विभाजित हुन भन्दा लोकतान्त्रिक गठबन्धनमा जानैपर्ने निचोडमा पुगेर संसद्मा १९ सदस्य रहेको थापा समूहले सरकारलाई समर्थन जनाइसकेको छ । अठार सदस्य रहेको राणा समूह भने सरकारमै छ ।

विभिन्न नामबाट विभक्त भई परिवर्तित संसदीय प्रणालीमा राजनीति गरेका पूर्वपञ्च परिवेशका दलहरु करिब एक वर्ष अगाडि ठूलो तामझामका साथ एकीकृत भएका थिए । उनीहरु एक हुँदा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका पक्षमा रहने प्रतिबद्धता व्यक्त गरिए पनि सरकारमा सहभागिताका विषयमा मत बाझिएर विभाजित भएका थिए ।

पञ्चायती व्यवस्थामा राजनीति गरेका नेताहरु सो व्यवस्था परिवर्तन भएपछि राजनीतिक संगठन स्थापना गरी परिवर्तित व्यवस्था अनकूल राजनीतिमा कुशलता र योग्यता प्रदर्शन गर्दै थिए ।

पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको नेतृत्वमा विसं २०४८ जेठ १५ गते एकै दिन पार्टी स्थापना भएका थिए । राप्रपा(थापा) र राप्रपा(चन्द) एक वर्षभित्र एकीकृत भए पनि करिब २६ वर्षको यात्रामा धेरै पटक विभाजन हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

तीनकुने घटनामा १०८ विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि रुपन्देही कारागार अगाडि समर्थक भेला

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com