
काठमाडौं,२३ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध मुद्रा लगेर जादै गरेका एकै परिवारका ५ जना पक्राउ परेका छन् ।
आज दिउसो साढे एक बजे थाई एयरको लाइट नम्बर टीजी ३२० बाट बैंकक जादै गरेको अवस्थामा एकै घरका पाँच जना सदस्यलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडांै महानगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती ४६ वर्षीया उमा देवी श्रेष्ठ र उनका दुई छोरी र एक छोरा रहेका छन् ।
गेट नम्बर पाँचमा शंकास्पद अवस्थामा उभीरहेको देखेपछि खोजतलास गर्ने क्रममा उनीहरुबाट अवैध विदेशी मुद्रा भेटिएको प्रहरीले जनाएको छ । उनीहरुबाट २२ हजार १ सय ५० थाई भाट, १ हजार ३ सय ८० युरो, १० हजार अमेरिकी डलर र ८० हजार चिनियाँ युआन पक्राउ गरेकोे छ ।
अहिले उनीहरुलाई थप कारबाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन लगिएको छ । यति धेरै अवैध मुद्रा विदेश लैजान खोजेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्