ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले भक्तपुरद्वारा २८ जनाको नाम सिफारिस


admin
आश्विन २३, २०७४ सोमबार   १ : ०८   बजे

भक्तपुर, २३ असोज ।  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि एमाले जिल्ला कमिटी भक्तपुरले २८ जनाको नाम सिफारिस गरेको छ ।

जिल्लाको दुईवटा निर्वाचन क्षेत्र र चारवटा प्रदेशमा प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नामावलीमा प्रदेशमार्फत केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ केदार अधिकारी, नारायणभक्त बाटी र मन्दरा मिश्रको नाम सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ मा प्रत्यक्षतर्फ नगर कमिटीले सर्वसम्मत हरिशरण लामिछानेको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीमा भने मोहनवीर श्रेष्ठ र रामबहादुर थापाको नाम थप गरेर पठाउने तयारी गरे पनि विवाद बढेपछि लामिछानेको नाम मात्रै पठाएको जिल्ला कमिटीले जानकारी दिएको छ ।

यस प्रदेशमा समानुपातिकतर्फ शिवराम तिमिल्सिना, केदार अधिकारी, राजु सुवेदी, विष्णु तामाङ, सावित्री थापाको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नं १ प्रदेश क्षेत्र नं २ मा भने प्रत्यक्षतर्फ रोमन शिलाकार र समानुपातिकतर्फ माइलाबाबु देउला, मदन द्यौला, सरस्वती बाटी र रञ्जु नापितको नाम सिफारिस गरेको छ ।

नाम सिफारिस गर्ने क्रममा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्व उद्योगमन्त्री महेश बस्नेतको नाम सर्वसम्मतरुपमा नगर तथा क्षेत्रीय कमिटीले सिफारिस गरेको छ । जिल्ला कमिटीमा सर्वसम्मत आएको बस्नेतको नाममा राजेन्द्रमान श्रेष्ठको नाम थपेर पठाउन खोजिएपछि विवाद सिर्जना भएको हो ।

तेत्तीस जनाको एमाले जिल्ला कमिटी बैठकमा ३१ जनाले विनाशकारी भूकम्पका बेलामा जनताका घर–घरमा पुगेर नगद तथा जस्ता वितरण गर्ने, टहरा वितरण गर्ने, सडक निर्माणदेखि खानेपानी र अन्य विकासका योजना ल्याउन बस्नेतले महत्वपूर्ण योगदान पु¥याएको भन्दै बस्नेतको विकल्प नरहेकाले सर्वसम्मतरुपमा बस्नेत उम्मेदवार हुनुपर्ने बताएको बैठकमा सहभागी जिल्ला कमिटी पदाधिकारीले जानकारी दिएका छन् ।

बैठकमा सहभागीमध्ये दुईजनाले राजेन्द्रमान श्रेष्ठको पनि सिफारिस गर्नु पर्ने माग गरे पनि बहुमतले बस्नेतको नाम सिफारिस गरेकाले बस्नेत सर्वसम्मत उम्मेदवार रहेको पदाधिकारीले जानकारी दिएका छन् । समानुपातिकतर्फ भने निर्मल भट्टराई, गणेशबहादुर खत्री र मालती पौडेलको नाम सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ मा भने प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजेन्द्र राजथला र शशिजंग थापाको नाममा विवाद चर्किएको छ । पटक–पटक अवसरबाट वञ्चित गरिएका, जनतामाझ चर्चित रहेका थापालाई सर्वसम्मतरुपमा नाम सिफारिस गर्नुपर्ने बहुमतपक्षले जिल्ला कमिटी बैठकमा आवाज उठाएको बैठकमा सहभागी पदाधिकारीले जानकारी दिएका छन् ।

पार्टी सभापति राजथलालाई सर्वसम्मत नाम सिफारिस गर्नुपर्नेमा दुईजनाले माग गरेपछि श्यामसुन्दर बस्नेत, रजन केसी र गोविन्द चौलागार्इंले आफूहरु पनि उम्मेदवारको आकांक्षी भएको भन्दै एकलौटी नाम सिफारिस नगर्न दबाब दिए पनि राजथला र थापाको मात्रै नाम सिफारिस भएको छ ।

प्रदेश समानुपातिकतर्फ भने धु्रवराज विष्ट, सरिता तिमिल्सिना भट्टराई, चित्रबहादुर अछामी, मालती विष्टको नाम सिफारिस भएको कार्यालयले जानकारी दिएको छ ।

यता प्रदेश नं २ मा प्रत्यक्षतर्फ पार्टी उपाध्यक्ष बचन देउजाको नाम सर्वसम्मतरुपमा सिफारिस भएको छ भने समानुपातिकतर्फ गीता अञ्जान (केसी), चन्दनकृष्ण श्रेष्ठ, भवानी खड्का, दीपेन्द्र थापा र सुशीला सुवेदीको नाम सिफारिस गरिएको छ ।

विवादित नामका सन्दर्भमा जस्ताको तस्तै प्रदेश कमिटीमा नाम सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group