
काठमाडौं,२१ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने घोषणा गर्नु भएको छ ।
प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न पनि ट्राफिक प्रहरीहरुलाई पुनः सचेत गराउनु भयो । उहाँले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
बिहीबार काठमाडौंमा आयोजित ‘ट्राफिक एक्सन टिम’ कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न पनि आह्वान गर्नु भयो ।
प्रहरी महानिरीक्षक खनालले काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या आउन नदिन सडक व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका, सडक विभागलगायतका सम्बन्धित निकायले पनि आवश्यक सहयोग गर्नुपर्ने दोहो¥याउनु भयो ।
काठमाडौंमा आयोजित ‘ट्राफिक एक्सन टिम’ कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न पनि आह्वान गर्नु भयो ।
प्रहरी महानिरीक्षक खनालले काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या आउन नदिन सडक व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका, सडक विभागलगायतका सम्बन्धित निकायले पनि आवश्यक सहयोग गर्नुपर्ने दोहो¥याउनु भयो ।
प्रतिक्रिया दिनुहोस्