
काठमाडौं,२१ चैत । पृथकतावादी आन्दोलन छाडेर भर्खरै राष्ट्रिय राजनीतिको मूलधारमा आएका डाक्टर सीके राउत (चन्द्रकान्त राउत)ले प्रदेश नम्बर २ का मुख्यमन्त्रीलाई असक्षम र भ्रष्ट भएको आरोप लगाउनु भएको छ ।
पर्सा र बारा हुरीबाट प्रभावित जनतालाई १०–२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई समाजिक सञ्जालबाट भन्नु भएको छ । हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोजेको समेत आरोप राउतले लागाउनु भएको छ ।
’मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन,’ विहीवार आफ्नो सामाजिक सञ्जालमार्फत लेखिएको लामो स्ट्याटसमा राउतले यस्तो भन्नु भएको हो ।’
भोजभतेरमै ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करोडौं रुपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणका नाममा आफ्ना लठैत पाल्न केन्द्र बाधा भएन, भोजभतेरमै ४ करोड खर्च गरेको र जनतासँग कर उठाएर आफ्ना ’लठैत’ पालेको भन्दै राउतले मुख्यमन्त्रीलाई कडा शब्द प्रहार गनुृ भएको छ ।
सामूहिक रुपमा मेस संचालन गरेर दाल–भात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ । हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ?दमन गर्न मात्रै हो ?’



















प्रतिक्रिया दिनुहोस्