
काठमाडौं,२० चैत । राष्टपति विद्यादेवी भण्डारीले स्वतन्त्रताको लागि न्यायमुर्तिका रुपमा रहेको न्यायधिसहरुले लगनशिलता र सदाचार बन्नुपर्ने बताउनु भएको छ ।
राजधानीमा जारी न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले न्यायाधिसहरुमा लगनशिलता र सदाचार आवश्यक रहेको बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले पछिल्यो समय राज्यका विभिन्न निकायप्रति बिवादित बनाउने, राज्यका काम कारवहीप्रति अनास्था फौलाउनुको साथै आधारहित कुराबाट जनतामा दिग्भ्रमित बनाउने प्रयास भइरहेको भन्दै न्यायपालिका समेत गम्भिर हुनुपर्ने बताउनुभयो ।
यस्तै कानुन मन्त्री भानुभक्त ढकालले न्यायपलिकालाई अझै सुढृढ र व्यवस्थित गर्नका लागि न्यायशिसहरुको शुृद्धिकरण समेत आवश्यक रहेको जिकिर गर्नुभयो । मन्त्री ढकालले न्यायमा पहुंच अभाव भएका व्यक्तिहरुले समेत अन्याय भयो भने न्याय पाइन्छ भन्ने अनुभुति गर्ने सक्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।
यसैगरी प्रधानँन्यधीस चोलेन्द शम्शेर जबराले न्यायपलिकाले आफनो संबैधानिक र कानुनी जिम्मेवारीलाई सक्षमता पुर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । जवराले न्यायपलिकाप्रति आम जनताको बिश्वासलाई जीवन्त राख्न काम र व्यवहारबाट देखाउनुपर्ने धारणा राख्नुभयो ।
न्यायपालिकाको स्वतन्तत्राःन्यायिक सुसासन हाम्रो प्रतिवद्धता सहित सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलन तीनदिन सम्म चल्नेछ ।



















प्रतिक्रिया दिनुहोस्