ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले कञ्चनपुरबाट ५४ जना सिफारिश


admin
आश्विन २२, २०७४ आईतबार   ४ : ०५   बजे

भीमदत्तनगर, २२ असोज ।  नेकपा (एमाले) कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिश गरेको छ ।

एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्ला कमिटीबाट उम्मेदवारको नाम प्रदेश नं ७ को प्रदेश कमिटीमा पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट सिफारिश भएका नाम प्रदेश कमिटी हँुदै केन्द्रमा छनोटका लागि जानेछन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा प्रत्यक्षतर्फ तारालामा तामाङ, खेम सुवेदी र गीता जैशीको नाम प्रदेश कमिटीमा पठाइएको छ ।

त्यसैगरी, क्षेत्र नं १ बाट प्रदेशसभाका लागि प्रदेश (क) मा लाबहादुर विक, स्थिरप्रसाद घिमिरे र पार्वती हमाल तथा प्रदेशसभा (ख) का लागि राजेन्द्रप्रसाद जोशी, अक्कल विष्ट र मर्यादा विष्टको नाम सिफारिश भएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दप्रसाद कलौनी, नरबहादुर धामी र जानकी पन्तलाई जिल्ला कमिटीले सिफारिश गरेको छ ।

उक्त क्षेत्रको प्रदेशसभाका लागि (क) मा जयराज पाण्डेय, मोहनसिंह रावल र लक्ष्मी बुढा तथा (ख) मा लालबहादुर खड्का, वचनबहादुर सिंह र सीता बोहराको नाम सिफारिश गरिएको एमालेका उपसचिव रणबहादुर महराले जानकारी दिनुभयो ।

त्यस्तै, निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमा डा दीपकप्रकाश भट्ट, लीलाध्वज बस्नेत र निरुदेवी पालको नाम जिल्लाले छनोट गरी प्रदेश कमिटीमा सिफारिश गरेको छ । क्षेत्र नं ३ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ प्रदेश सभा (क) मा कृष्णदेव पन्त, प्रकाश रावल र विमला भट्ट तथा (ख)मा खेम भण्डारी, राजीव खड्का र पुनम चन्द (सिंह) को नाम सिफारिश गरिएको छ ।

उपसचिव महराले जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २७÷२७ जनाको नाम सिफारिश गरिएको जानकारी दिनुभयो । विसं २०७० को निर्वाचनमा एमालेले कञ्चनपुरमा रहेका चारवटै निर्वाचन क्षेत्रमा पराजय बेहोरेको थियो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका नौ स्थानीय तहमध्ये सात वटामा एमाले विजयी भएको थियो । स्थानीय तहको निर्वाचनको परिणामलाई प्रतिनिधिसभा र प्रदेशसभामा थप फराकिलो पार्दै लैजाने रणनीतिमा एमाले कञ्चनपुर लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group