ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले कञ्चनपुरबाट ५४ जना सिफारिश


admin

भीमदत्तनगर, २२ असोज ।  नेकपा (एमाले) कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिश गरेको छ ।

एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्ला कमिटीबाट उम्मेदवारको नाम प्रदेश नं ७ को प्रदेश कमिटीमा पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट सिफारिश भएका नाम प्रदेश कमिटी हँुदै केन्द्रमा छनोटका लागि जानेछन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा प्रत्यक्षतर्फ तारालामा तामाङ, खेम सुवेदी र गीता जैशीको नाम प्रदेश कमिटीमा पठाइएको छ ।

त्यसैगरी, क्षेत्र नं १ बाट प्रदेशसभाका लागि प्रदेश (क) मा लाबहादुर विक, स्थिरप्रसाद घिमिरे र पार्वती हमाल तथा प्रदेशसभा (ख) का लागि राजेन्द्रप्रसाद जोशी, अक्कल विष्ट र मर्यादा विष्टको नाम सिफारिश भएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दप्रसाद कलौनी, नरबहादुर धामी र जानकी पन्तलाई जिल्ला कमिटीले सिफारिश गरेको छ ।

उक्त क्षेत्रको प्रदेशसभाका लागि (क) मा जयराज पाण्डेय, मोहनसिंह रावल र लक्ष्मी बुढा तथा (ख) मा लालबहादुर खड्का, वचनबहादुर सिंह र सीता बोहराको नाम सिफारिश गरिएको एमालेका उपसचिव रणबहादुर महराले जानकारी दिनुभयो ।

त्यस्तै, निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमा डा दीपकप्रकाश भट्ट, लीलाध्वज बस्नेत र निरुदेवी पालको नाम जिल्लाले छनोट गरी प्रदेश कमिटीमा सिफारिश गरेको छ । क्षेत्र नं ३ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ प्रदेश सभा (क) मा कृष्णदेव पन्त, प्रकाश रावल र विमला भट्ट तथा (ख)मा खेम भण्डारी, राजीव खड्का र पुनम चन्द (सिंह) को नाम सिफारिश गरिएको छ ।

उपसचिव महराले जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २७÷२७ जनाको नाम सिफारिश गरिएको जानकारी दिनुभयो । विसं २०७० को निर्वाचनमा एमालेले कञ्चनपुरमा रहेका चारवटै निर्वाचन क्षेत्रमा पराजय बेहोरेको थियो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका नौ स्थानीय तहमध्ये सात वटामा एमाले विजयी भएको थियो । स्थानीय तहको निर्वाचनको परिणामलाई प्रतिनिधिसभा र प्रदेशसभामा थप फराकिलो पार्दै लैजाने रणनीतिमा एमाले कञ्चनपुर लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com