ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र फ्रान्स विशेष मित्र’ : राष्ट्रपति सी


admin
चैत्र ११, २०७५ सोमबार  ५ : २१ बजे

एजेन्सी,११ चैत । चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताउनुभएको छ । फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहनुभएका सीले चीन–फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा आइतबार बताउनुभएको हो । 

फ्रान्स र चीनबीचको सम्बन्धलाई थप सुमधुर बनाई दुवै देशको दीर्घकालीन विकास गर्दै यसको सन्देश बाँकि विश्वलाई दिनुपर्नेमा जोड दिनुभयो । भन्नुभयो, “गत शताब्दीको साठीको दशकमा जनरल चाल्र्स डे गाउलेले जन गणतन्त्र चीनसँग चौतर्फी कुटनीतिक सम्बन्ध स्थापना गर्नुभएको थियो । चिनियाँले यसको प्रशंसा गरेका छन् । त्यसैले फ्रान्सप्रति चिनियाँको विशेष भावना छ ।” 

फ्रान्समा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या करीब चालीस हजार रहेको छ भने एक लाखभन्दा बढी फ्रान्सेली विद्यार्थीले चिनियाँ भाषा सिकिरहेका छन् । हाल विश्वको विभिन्न मुलुकको सामु अभूतपूर्व परिवर्तन देखापरेको छ ।

यस्तो पृष्ठभूमिमा फ्रान्स र यूरोपेली संघले बाह्य सम्बन्धमा सामन्जस्यता कायम गर्न अन्वेषण गरेका छन् । चीन र यूरोपेली संघले निरन्तर अगाडि बढाइरहेको अन्तरक्रियाका क्रममा फ्रान्सका केही विद्वानले “बीआरआई“माथि ध्यान दिएका छन् । 
विश्वमा चीन र फ्रान्सले प्रभावकारी महत्वपूर्ण मापदण्ड सम्झने र पालना गर्ने मात्र दुई मुलुकको विशेष सम्बन्ध सुदृढ पारिने र विकास गरिने छ । 

सन् २०१८ मा चीनको सामाजिक उपभोग्य वस्तुको खुद्रा बिक्री रकम ४५० खर्ब चिनियाँ युआन पुगेको थियो । चीन विश्वको सबैभन्दा ठूलो उपभोग बजार बनेको थियो । चीन बजारले चीनका व्यापारिक साझेदारी खास गरी फ्रान्सका लागि ठूलो अवसर उपलब्ध गराएको छ । चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षका अघिल्ला दुई महिना चीनले फ्रान्सबाट आयात गरेको मात्रामा ४२.२ प्रतिशतले बृद्धि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com