ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ : उपप्रधानमन्त्री यादव


admin

पोखरा, १० चैत । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उहाँले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताउनुभयो । 

उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा कुल बजेटको चार दशमलव चार प्रतिशत मात्र छुट्याइएको उल्लेख गर्दै कर्मचारीको तलब भत्तामा मात्रै चार प्रतिशत खर्च हुने भएकाले पूर्वाधार विकासमा अपेक्षित काम हुन नसकेको बताउनुभयो । 

वर्षौंअघि देखिको भौतिक पूर्वाधार एवम् जनशक्तिले अहिलेको माग धान्न नसक्ने भएकाले मागअनुरुपको उचित व्यवस्थापन आवश्यक रहेको बताउँदै उहाँले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान यस क्षेत्रको मात्र नभई राष्ट्रकै गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले प्रतिष्ठानले गुणस्तरीय चिकित्सा शिक्षा एवम् स्वास्थ्य सेवाका लागि पूर्वाधार विकास लगायतका कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले नौ लाख ६६ हजार अमेरिकी डलरको लागतमा एमआरआई मेशिन जडान गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

सरकार यही ढंगले अघि बढे बर्खापछि ठुलो जनविद्रोह हुन्छ – अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डलाई पर्वतमा १८ संस्थाको संयुक्त अभिनन्दन

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ – प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com