ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष ओली सिरहा क्षेत्र नं १ बाट चुनाव लड्ने


admin
आश्विन २२, २०७४ आईतबार  १२ : ३५ बजे

लहान, २२ असोज ।  आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।

एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिनुभयो ।

यस्तै एमालेको क्षेत्रीय कमिटीले प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं १ बाट राजेन्द्र चौधरी र प्रदेशसभा क्षेत्र नं २ बाट अशोक यादवको नाम सिफारिस भएको एमाले सिरहाले जनाएको छ ।

प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेदवारको नाम सिफारिस हुन नसकेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले जानकारी दिनुभयो ।

नयाँ संरचनाअनुसार कायम भएको सिरहा निर्वाचन क्षेत्र नं १ मा लहान नगरपालिकासहित सखुवा ननकारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, धनगढी नगरपालिकाको केही वडा र लक्ष्मीपुर पतारी गाउँपालिकाको केही वडा समेटिएको छ ।

मूलवासी पार्टी एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने

अगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मूलवासी मुक्ति पार्टीले नेकपा (एमाले) को चुनाव चिह्न (सूर्य)बाट चुनाव लड्ने भएको छ ।

एमाले र मूलवासी मुक्ति पार्टीबीच भएको सहमतिअनुसार मूलवासी मुक्ति पार्टीका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने र चुनावपश्चात् मुक्ति पार्टी एमालेमा समावेश हुनेछन् ।

दुवै दलबीच अगामी प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं ४ बाट मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लाम सूर्य चिह्नबाट प्रत्यक्षतर्फ चुनाव लड्ने सहमति भएको नेकपा एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

उपचारका लागि विदेशमा छौँ, हाम्रोबारे भ्रामक प्रचारबाजी भयो–देउवा

प्रधानमन्त्री बालेन शाहको विदेशी कूटनीतिज्ञहरूलाई १२ सन्देश(सचित्र)

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com