ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुटिएको लोकतन्त्र


admin
चैत्र ९, २०७५ शनिबार  १० : ४४ बजे

जनताले प्रजातन्त्र ल्याए प्रजातन्त्रै लुटियो,
गणतन्त्र ल्याए, गणतन्त्रै लुटियो,लुटै लुटको भीडमा
बुटै बुटको बज्रपात सबै भन्दा बढी
त्यही नारीले भोगिन होला
सहिन होला अनि रोइन होला
जुन हाम्रो मुलुकमा ताजै छ ।

बोलु तँ बोल्न रोक लगाउन थालियो
खोलु त मन को कुरा ठाउँ बन्द भइसक्यो
पुरुषै सर्वै सर्वा उ नै राजा अधिकार सम्पन्न संबिधान
आखिर उसकै लागि भयो, जो दलाल र भ्रष्ट छ,
कानुन उस्कै बसमा छ, जुन हाम्रो मुलुकमा ताजै छ ।

लुटिएको लोकतन्त्र जनताको होईन रैछ,
उत्पिडनमा पर्नेको शक्ति सत्ता होइन रैछ ।
महिला महिला कै दर्जामा, दलित दलित कै दर्जामा,
खै लडेर अहिले सम्म के ल्याए छौं र हाम्रा लागि ।
मधेस मधेस मै मार्कामा,सुदुर सुदुरकै मार्कामा ।
जो स्वार्थी फटाहा छ ,दम्भ घमण्ड उसकै छ,
जुन हाम्रो मुलुकमा ताजै छ ।

जनता सँग झुठको खेती लगाएर,
लड्नसम्म लडाए जुधाए र भिडाए ।
हिजो हजुरबा हजुरआमा,
बाबा आमा र आज हामी लडिरहेका छौं,
बाँकी अब हामी सँग के नै छ र ।
बस थकान ,पिडा ,अभाव ,
उत्पिडन अनि क्रान्तिकारी स्वभाव,
जुन हाम्रो मुलुकमा ताजै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com