ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै भवनमा दुई स्थानीय तह


admin
चैत्र ८, २०७५ शुक्रबार  २ : ५२ बजे

खलङ्गा, ८ चैत । यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएका जुम्ला जिल्लाका दुई वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन शुरु गरेका छन् । 

साठी वडासहित आठ स्थानीय तहका ६८ वटा सरकारी कार्यालयमध्ये तिला गाउँपालिका– ४ र तातोपानी गाउँपालिका– ४ नं वडा कार्यालय आफ्नै भवनमा सरेका हुन् । जिल्लाका अन्य वडा तथा पालिका कार्यालय भवन निर्माणको कुनै सुरसारनै छैन । 

भाडाकै घरबाट सञ्चालन भइरहेका अधिकांश वडा कार्यालयमा कर्मचारी र जनप्रतिनिधि नै नभेटिने समस्या छ । तर यि दुई वडा कार्यालयका नमूना भवनबाट सेवा सञ्चालन भएपछि नागरिक, जनप्रतिनिधि र कर्मचारी सबै दङ्ग देखिन्छन् । वडाले आफ्नै भवनबाट सेवा शुरु गरेपछि भाडाको कार्यालयमा झै कर्मचारी र जनप्रतिनिधिलाई खोज्दै हिँड्न नपर्ने तिला– ४ का नन्दबहादुर शाहीले बताउनुभयो । 

अर्का स्थानीयवासी भद्रवीर सार्कीले गाउँपालिकाभर आफूले यसअघि यस्तो भवन नदेखेको भन्दै अत्याधुनिक सेवा सहितको भवनबाट सेवा लिँदा अचम्म लागेको सुनाए । तिला–४ को वडाभवन उद्घाटन गर्दै समन्वय समिति प्रमुख लालबहादुर सार्कीले नमूना भवनबाट नागरिकलाई गुणस्तरीय सेवा दिन कर्मचारीलाई सुझाव दिए । 

वडा भवन नेपाल सरकारको समन्वयमा सञ्चालित सामुदायिक विकास कार्यक्रमको रु एक करोड ९५ लाख ७८ हजार र गाउँपालिकाको रु तीन लाख ७० हजारको लागतमा निर्माण भएको हो । १४ कोठाको भवन भूकम्पप्रतिरोधी र अपाङ्गतामैत्री छ । निर्माणकार्य सबै उपभोक्ता समितिमार्फत भएको हो । 

प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालका अनुसार अन्य वडा तथा सरकारी भवन यही शैलीमा निर्माण गर्ने तयारी छ । गाउँपालिका अध्यक्ष रतननाथ योगीले भवन संरचना मात्रै नमूना नभइ गुणस्तरीय सेवा प्रवाहमा पनि नमूना हुने तर्क गरे । भवन हेर्दा जतिकै आकर्षक र सहज देखिन्छ त्यसको सुरक्षामा पनि त्यत्तिकै चुनौती देखिएको उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

यस्तो छ रास्वपाको बाचापत्र (पूर्णपाठ)

सर्लाहीमा गोली लागेर एक बालक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com