ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै भवनमा दुई स्थानीय तह


admin

खलङ्गा, ८ चैत । यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएका जुम्ला जिल्लाका दुई वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन शुरु गरेका छन् । 

साठी वडासहित आठ स्थानीय तहका ६८ वटा सरकारी कार्यालयमध्ये तिला गाउँपालिका– ४ र तातोपानी गाउँपालिका– ४ नं वडा कार्यालय आफ्नै भवनमा सरेका हुन् । जिल्लाका अन्य वडा तथा पालिका कार्यालय भवन निर्माणको कुनै सुरसारनै छैन । 

भाडाकै घरबाट सञ्चालन भइरहेका अधिकांश वडा कार्यालयमा कर्मचारी र जनप्रतिनिधि नै नभेटिने समस्या छ । तर यि दुई वडा कार्यालयका नमूना भवनबाट सेवा सञ्चालन भएपछि नागरिक, जनप्रतिनिधि र कर्मचारी सबै दङ्ग देखिन्छन् । वडाले आफ्नै भवनबाट सेवा शुरु गरेपछि भाडाको कार्यालयमा झै कर्मचारी र जनप्रतिनिधिलाई खोज्दै हिँड्न नपर्ने तिला– ४ का नन्दबहादुर शाहीले बताउनुभयो । 

अर्का स्थानीयवासी भद्रवीर सार्कीले गाउँपालिकाभर आफूले यसअघि यस्तो भवन नदेखेको भन्दै अत्याधुनिक सेवा सहितको भवनबाट सेवा लिँदा अचम्म लागेको सुनाए । तिला–४ को वडाभवन उद्घाटन गर्दै समन्वय समिति प्रमुख लालबहादुर सार्कीले नमूना भवनबाट नागरिकलाई गुणस्तरीय सेवा दिन कर्मचारीलाई सुझाव दिए । 

वडा भवन नेपाल सरकारको समन्वयमा सञ्चालित सामुदायिक विकास कार्यक्रमको रु एक करोड ९५ लाख ७८ हजार र गाउँपालिकाको रु तीन लाख ७० हजारको लागतमा निर्माण भएको हो । १४ कोठाको भवन भूकम्पप्रतिरोधी र अपाङ्गतामैत्री छ । निर्माणकार्य सबै उपभोक्ता समितिमार्फत भएको हो । 

प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालका अनुसार अन्य वडा तथा सरकारी भवन यही शैलीमा निर्माण गर्ने तयारी छ । गाउँपालिका अध्यक्ष रतननाथ योगीले भवन संरचना मात्रै नमूना नभइ गुणस्तरीय सेवा प्रवाहमा पनि नमूना हुने तर्क गरे । भवन हेर्दा जतिकै आकर्षक र सहज देखिन्छ त्यसको सुरक्षामा पनि त्यत्तिकै चुनौती देखिएको उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com