ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही


admin
चैत्र ८, २०७५ शुक्रबार  १ : ०२ बजे

दमौली, ८ चैत । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलगायत कार्य गर्ने ७८ लाई कारवाही गरेको हो । 

केन्द्रका प्रमुख शिव गोशलीले अनधिकृत बिजुली प्रयोग गर्ने ग्राहकबाट कारवाहीस्वरुप रु तीन लाख ४७ हजार १४९ असुल गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रिएका मिटर परिवर्तन गर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ कार्य गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने तथा ट्रान्सफर्मर थप्ने, तार थप्ने, नयाँ लाइन विस्तार गर्ने, पुरानो नाङ्गो तारलाई नयाँ कालो तारले फेर्ने कार्य भइरहेको छ । 

केन्द्रले चालू आर्थिक वर्षमा २७४ मिटर परिवर्तन गरेको छ भने ७०० ग्राहकको मिटर रिसिलिङ तथा करीब एक हजार ग्राहकको मिटर छड्के निरीक्षण गरेको गोशलीले बताउनुभयो ।

ठूला औद्योगिकलगायत ग्राहकको टिओडी मिटरको खपत चेक गरी हेर्दा करीब रु ३९ लाख २० हजार ३९२ बराबरको छुट युनिट रकम बराबरको फाइल पेश भएकामा रु २८ लाख ६४ हजार ५९६ बराबरको छुट युनिट रकम स्वीकृत भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकबाट असुली भइरहेको छ । 

गोशलीका अनुसार केन्द्रले विद्युत् चुहावट घटाउन उल्लेख्य सफलता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०७४ साउनमा २४.८८ प्रतिशत विद्युत् चुहावट रहेकामा २०७५ माघसम्म ७.०४ प्रतिशत कायम राख्न वितरण केन्द्र सफल भएको गोशलीले बताउनुभयो । 

आर्थिक वर्ष २०७४/७५ को समग्र विद्युत् चुहावट १६.६७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको माघसम्म विद्युत् चुहावट ९.१३ प्रतिशत मात्रै रहेको केन्द्रले जनाएको छ । गोशलीका अनुसार विद्युत् चुहावटमा नियन्त्रण कडाई गरिएको कारण विद्युत् चुहावट घटेको हो । ठूला ग्राहकको मिटर नियमित निरीक्षण, डाटा डाउनलोड, डाटा एनलाइसिस गर्ने, बन्द मिटर फेर्ने, सामुदायिक थोक मिटरमा एचटी मिटर राखिएका कारण विद्युत् चुहावट घटाउन सहज भएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com