काठमाडौ,८ चैत । शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना हुनभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना हुनु भएको हो । मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आउनु भएको थियो ।
तर पछिल्लो तीन(चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो ।मन्त्री पोखरेललाई डा पारस आचार्यको टोलीले उपचार गरिरहेको र उहाँको अवस्था सुधारोन्मुख रहेको शिक्षामन्त्रीका सचिवालयका विनोद न्यौपानेले जानकारी दिनु भयो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ जाँचका लागि भरोसा अस्पताल पुग्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्