ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा मेडिकल कलेज कार्यालयको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओली


admin

बुटवल, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ ।

रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान यहाँ आउन लाग्नुभएको हो । 

प्रधानमन्त्री ओलीबाट शुक्रबार बिहान ११ बजे तिलोत्तमा नगरपालिका वडा नं १ स्थित नयाँ मिलमा मेडिकल कलेजको कार्यालयको उद्घाटन हुने कार्यक्रम रहेको कार्यालय प्रमुख मानबहादुर घिंमिरेले जानकारी दिनुभयो । 

यस्तै, शुक्रबार नै प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नति गर्ने आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित बुटवल मण्डप नजीकै अपरान्ह १२ः३० मा शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ । 

यी दुबै आयोजना जिल्लामा ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलको विशेष योगदान रहेको छ । 

रुपन्देही क्षेत्र नं ३ का सांसद पौडेल यसअघि अर्थमन्त्री हुँदा सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तब्यमार्फत रुपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापना गर्ने योजना अघि सार्नुभएको थियो । यस्तै, बुटवल–नारायणगढ सडकखण्ड पनि नेता पौडेलकै पहलमा स्तरोन्नतिको सम्भाव्यता अध्ययन भएको हो । 

प्रधानमन्त्रीले शुक्रबार शिलान्यास गर्ने उक्त आयोजनाअन्तर्गत बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडकको स्तरोन्नति आगामी साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजनाको पश्चिम खण्ड प्रमुख इन्जिनीयर सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

उक्त सडक विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झण्डै आधा घट्ने छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करीव तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति भई चार लेन बनेपछि कम्तीमा १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने छ । 

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा सडक स्तरोन्नतिको काम हुनेछ । यसका लागि सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ । 

बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुनेछ । पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ । पहिलो खण्डका लागि निर्माण कम्पनीले रु ९ अर्ब १३ करोड रुपैयाँ र दोस्रो खण्डका लागि पनि सोही कम्पनीले रु ७ अर्ब ८६ करोड रुपैयाँको आर्थिक प्रस्ताव गरेअनुसार सम्झौता सम्पन्न भएको इन्जिनीयर न्यौपानेले बताउनुभयो । 

सम्झौता मुताबिक बुटवल–नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम चार वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्नेछ । यसअघि सडक निर्माण गरेको एक वर्षसम्म मात्रै सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन थियो । 

उक्त सडकखण्डलाई दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइने छ । सडकको दुई÷दुई लेनको बीचको भाग हरियाली बनाउने गरी योजनाको नक्शाङ्कन गरिएको छ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडकको दुईतर्फ ७÷७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।

उक्त सडकको झण्डै २८ किलोमिटर क्षेत्रमा मानव वस्ती रहेका ठाउँहरुमा सार्वजनिक सवारीलाई यात्रु ओराल्न र चढाउन दिने गरी नक्शाङ्कन गरिएको छ । तर, यसै सडकको दाउन्नेको उकालो र ओरालो रहेको झण्डै १२ किलोमिटर सडकखण्ड भने तीन लेनको मात्रै हुनेछ । तीनमध्ये उकालोतर्फ दुई लेनको हुनेछ भने ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्न पाउने छन् । 

हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज राख्ने सरकारको नीतिअनुसार तिलोत्तमामा प्रदेश ५ स्तरीय मेडिकल कलेज स्थापना हुन लागेको हो । 

तिलोत्तमा नगरपालिका वडा नं १ नयाँ मिलदेखि झण्डै ५०० मिटर पूर्व प्यारामाउन्ट चोकमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ । 

आयोजनाको उद्घाटन गर्न आफ्नो नगरमा आउनुहुने प्रधानमन्त्रीको स्वागतार्थ तिलोत्तमा नगरवासीले भव्य तयारी गरेका छन् । तिलोत्तमा नगरपालिकाले आयोजना कार्यालयसँग समन्वय गरेर तयारीका विभिन्न काम सम्पन्न गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो । 

आयोजनाको उद्घाटन कार्यक्रमका लागि जनप्रतिनिधि, स्थानीय क्लब, आमा समूह र टोल विकास समिति÷संस्थाहरु खटिएका छन् । वडा नं १ का वडाध्यक्ष तामानाथ पाण्डेयले भन्नुभयो – “स्वास्थ्य सुविधा आफ्नै गाउँठाउँमा पाइँदैछ । अत्यन्त खुशी लागेको छ ।” 

प्रस्तावित मेडिकल कलेजका लागि वडा नं १ र ८ को वन क्षेत्रअन्तर्गतको झण्डै २०० बिघा जमीनको स्वामित्व हस्तान्तरण भइसकेको छ । हाल मासिक ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव मानबहादुर घिमिरेले बताउनुभयो । 

आयोजनाले मेडिकल कलेज स्थापनाका लागि इआइए, गुरुयोजना निर्माण, जग्गा प्राप्तिलगायतका कामहरु गर्नेछ । दुई सय बिघा जमीनमा कलेज निर्माणमा करीव रु १० अर्ब खर्च लाग्ने पूर्वानुमान गरिएको छ । कम्तीमा ३०० शय्या रहने यस अस्पताललाई तीन वर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबिबिएस तहका विद्यार्थीको भर्ना लिइने छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com