
बैतडी ,६ चैत । बैतडीमा प्रहरीका दुई भ्यान एक आपासमा ठोकिएका छन । इलाका प्रहरी कार्यालय पाटन, बैतडीको बा १ झ १२३९ नम्बरको भ्यान र जिल्ला प्रहरी कार्यालय दार्चुलाको ना १ झ ५८५ नम्बरको भ्यान ठोक्किएको हो ।
मंगलबार बेलुका ७ बजेतिर दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका–४ कठपतेमा ठोक्किएका भ्यानहरुमा दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाही र इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटी सवार रहेका थिए ।
भ्यान एक आपसमा ठोक्किए पनि प्रहरी प्रमुखसहित अन्य प्रहरी सुरक्षित रहेका छन् । सामान्य चोटपटक बाहेक अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्