काठमाडौं४ चैत । राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ ।
पुर्वन्यायाधिश गिरिसचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिने वित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।
त्यसपछि बोल्ने समय पाएका सांसद अनिल कुमार झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।
पटक पटक सभामुखले आसन ग्रहणका लागि अनुरोध गर्दा पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाईरहेपछि सभामुखले बैठक दश मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभयो । राजपाका सांसदको अवरोधका कारण आईतबारको बैठक पनि प्रभावित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्